2026-10-15 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ खुला दिसामुक्त जिल्ला

चैत २४, धादिङबेसी (रासस) | धादिङ खुला दिसा मुक्त जिल्ला घोषणा भएको छ । घोषणासँगै अधिकांश वक्ताले कार्यान्वयनमा चुनौती रहेको धारणा व्यक्त गरेका छन् । 

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आज आयोजना गरेको एक समारोहबीच जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको हो । सो समारोहमा खुला दिसा मुक्त जिल्ला घोषणालाई कार्यान्वयन गर्ने सामुदायिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा  सरसफाई विज्ञ तथा युनिसेफका प्रतिनिधि बोधनारायण श्रेष्ठले सरसफाइसम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई दिइएकाले स्थानीय सरकारले सरसफाइको क्षेत्रमा लगानी नगर्ने हो भने विकासको कल्पना गर्नु निरर्थक हुने धारणा व्यक्त गर्नुभयो ।

सरसफाइमा विद्यावारिधि गर्नुभएका शान्ति नेपालका कार्यकारी निर्देशक डा कृष्णमान श्रेष्ठले सरसफाइ हाम्रो सभ्यता, संस्कार र पहिचान भएकाले यसमा गम्भीर भएर लाग्न सबैमा आग्रह गर्नुभयो । केही वर्ष अघि गरिएको एक सर्वेक्षणमा ठिकसँग हात धोएर खाने नेपालीको सङ्ख्या १२ प्रतिशत मात्र भएको डा शाक्यले स्मरण गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय खेमप्रसाद लोहनी र डा राजाराम कार्कीले स्वस्थ नागरिक बिना देशको विकास सम्भव नभएकाले सरसफाइमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ शर्मा, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नवराज छत्कुली, गैसस महासङ्घका अध्यक्ष एकराज छत्कुली लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने