Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २६, अछाम । अछाममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती करिब ७ बजेतिर परेको चट्याङ लागेर १६ जना घाइते भएका छन् ।

चट्याङ लागेर ज्यान गुमाउनेमा पञ्चदेवल बिनायक नगरपालिका ७ बस्ने प्रसाद रावलको १४ वर्षीय छोरा जनक रावल रहेको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको ज्यान गएको हो ।

त्यसैगरी जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, वडा नं ४, ७ र ८ मा सोमबार परेको चट्याङ लागेर अन्दाजी वर्ष ३३ का धर्मेन्द्र रावल, वर्ष २७ का गोविन्द रावल, वर्ष ४५ का धर्म रावल, वर्ष १२ का रमेश रावल, वर्ष २२ की रेतुका रावल, एक वर्षीय बालक विप्लव रावल, वर्ष ५७ की उज्जा रावल, वर्ष १९ की सृजना रावल, वर्ष २३ की धिर्जा रावल, वर्ष २० का रघु रोक्का मगर, वर्ष २२ की कली रोक्का मगर तथा वर्ष १९ की सपना रोक्का मगर घाइते भएको र अन्य तीनजनाको पहिचान खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।