२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते

२६ चैत्र २०७५, मंगलवार ०६:०५

चैत २६, अछाम । अछाममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती करिब ७ बजेतिर परेको चट्याङ लागेर १६ जना घाइते भएका छन् । 

चट्याङ लागेर ज्यान गुमाउनेमा पञ्चदेवल बिनायक नगरपालिका ७ बस्ने प्रसाद रावलको १४ वर्षीय छोरा जनक रावल रहेको प्रहरीले जनाएको छ । 

घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको ज्यान गएको हो । 

त्यसैगरी जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, वडा नं ४, ७ र ८ मा सोमबार परेको चट्याङ लागेर अन्दाजी वर्ष ३३ का धर्मेन्द्र रावल, वर्ष २७ का गोविन्द रावल, वर्ष ४५ का धर्म रावल, वर्ष १२ का रमेश रावल, वर्ष २२ की रेतुका रावल, एक वर्षीय बालक विप्लव रावल, वर्ष ५७ की उज्जा रावल, वर्ष १९ की सृजना रावल, वर्ष २३ की धिर्जा रावल, वर्ष २० का रघु रोक्का मगर, वर्ष २२ की कली रोक्का मगर तथा वर्ष १९ की सपना रोक्का मगर घाइते भएको र अन्य तीनजनाको पहिचान खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य