२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेक गणतन्त्रको भिसा सेवा अबदेखि नेपालमै पाइने, के के छन् सुविधा ?

२६ चैत्र २०७५, मंगलवार ११:१४

चैत २६, काडमाडौं । चेक रिपब्लिक जान चाहाने नेपालीहरुले अब नेपालबाटै भिसा सुविधा लिन सक्ने भएका छन । भिएफएस ग्लोबलले काठमाडौमा भिसा एप्लिकेशन सेन्टरको स्थापना गरेपछि उक्त सुविधा लिन सकिने भएको हो ।

मध्य युरोपेली मुलुक चेक गणतन्त्रको यात्रा गर्न चाहने नेपाली नागरिकको सहजतालाई ध्यानमा राखेर भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्र भिसा आवेदन केन्द्र संचालनमा ल्याएको जनाएको छ । यसअघि चेक गणतन्त्र भिसा आवेदन प्रक्रियाका लागि आवेदकहरु भारतको नयाँ दिल्लीस्थित दूतावासमा जानुपर्ने बाध्यता थियो ।


नयाँ सुविधाको औपचारिक उद्घाटन भारतका लागि चेक गणतन्त्रका राजदूत मिलान होभोर्का र नेपालका लागि अवैतनिक महावाणिज्यदूत विष्णु कुमार अग्रवालले शुक्रबार संयुक्त रुपमा गरेका छन । 

सन् २०१८ मा चेक गणतन्त्रको भिसाका लागि भिसा आवेदन दिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढेको थियो । हरेक वर्ष आवेदनको संख्या बढ्दै गएकोले नेपाली आवेदकको सहजताका लागि भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्रको भिसासम्बन्धी कामकारबाही सुरु जनाएको छ ।

चेक गणतन्त्रसँगै भीएफएस ग्लोबलले नेपालबाट भिसा प्रक्रिया संचालन गर्ने मुलुकको संख्या २० पुगेको छ । भीएफएस ग्लोबलले सन् २००८ देखि चेक गणतन्त्रको सरकारसँग सहकार्य गर्दै आएको छ । हाल भीएफएस ग्लोबलले २५ मुलुकमा एक सयभन्दा बढी भिसा आवेदन केन्द्रहरु संचालन गरिरहेको छ ।

मुख्य सुविधाहरुः 

–स्काइपको माध्यमबाट अन्तर्वार्ता

–अटोमेटेड एसएमएस अपडेट

–फर्म भर्न सहयोग

–प्रिन्टिङको सुविधा

–सेल्फ–सर्भिङ बुथ

–प्राइम टाइम अपोइन्टमेन्ट

–प्राइम टाइम पासपोर्ट पास ब्याक सेवा

–बैंकिङ इन्स्ट्रयुमेन्ट

भीएफएस ग्लोबल

भीएफएस ग्लोबल विश्वभरका सरकार र कुटनीतिक नियोगहरुका लागि काम गर्ने संसारकै ठूलो आउटसोर्सिङ र टेक्नोलोजी सर्भिस स्पेसियालिस्ट हो । युएईको दुबईमा मुख्यालय रहेको भीएफएस ग्लोबल स्विस कम्पनी हो । यो स्विडेनको राजधानी स्टकहोममा मुख्यालय रहेको विश्वकै ठूलो प्राइभेट इक्विटी फर्म इक्युटीको पोर्टफोलियो कम्पनी समेत हो । 

पाँच महादेशका एक सय १४४ मुलुकमा भीएफएस ग्लोबलको तीन हजार ३१ वटा आवेदन केन्द्रहरु छन् जहाँबाट २८ फेब्रुअरी २०१९ सम्ममा १९ करोड ३० हजार भिसा आवेदन प्रक्रिया भइसकेका छन् । भीएफएस ग्लोबल ६३ वटा क्लाइन्ट सरकारको पार्टनर हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य