2026-09-04 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको कलिङ भिसा पाएका १९ जनालाई श्रम स्वीकृति, न्युनतम लागत नै १ लाख तिर्दै कामदार

चैत २६, काडमाडौं । श्रम कार्यालय ताहाचालले मलेसिया रोजगारीका लागि कलिङ भिसा आएका कामदारलाई  सोमबारबाट अन्तिम श्रम स्विकृति दिन शुरु गरेको छ । 

कलिङ्ग भिसा आइसकेका र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सिफारिस पत्र सहित आएका १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका श्रम कार्यालयले ताहाचलका प्रमुख देवेन्द्र कार्कीले साझासबाललाई जानकारी दिए । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको उपस्थितिमा सोमबार औपचारिक रुपमा २ जना श्रमिकलाई अन्तिम श्रम स्वीकृति दिइएको थियो । गत जेठबाट बन्द रहेको मलेसिया रोजगारी कलिङ्ग भिसा आइसकेकाहरुको लागि चैत्र १८ गतेबाट अन्तिम श्रम स्वीकृति खुला गरिएको हो। अन्तिम श्रम स्वीकृति शुरु भएसंगै म्यानपावर कम्पनीले कामदारबाट १ लाख देखि डेढ लाखसम्म मागेको गुनासो आउन थालेका छन् । 

मेरो २ पटक कलिङ्ग भिषा आएर म्याद सकिएको थियो हाल म्यानपावरले भिषा प्रक्रिया शुरु गरेको भन्दै अग्रिम ३० हजार मागेको छ, एक कामदारले सझासबालसँग भने “”म्यानपावरले १०/१२ हजारमा पठाउन सकिंदैन जे गर्छौं  गर भनेको छ ।” म्यानपावर कम्पनीले प्रति कामदार १ लाख २० हजार मागिरहेको उनले बताए । तर म्यानपावर कम्पनीले बढी लागत लिएको बारे जानकारी आएमा कारवाही गर्ने संघका अध्यक्ष रोहन गुरुङले बताएका छन् । 

भिषा प्रक्रिया पुगेकाहरुले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको श्रम समझदारी अनुरुप कामदार पठाउनुपर्ने व्यवस्था छ । श्रम समझदारीमा मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्ने उल्लेख छ। साथै म्यानपावर कम्पनीलाई सेवा शुल्क बापत रोजगारदाताले कामदारको आधा महिनाको तलब उपलब्ध गराउनुपर्ने सहमति भएको थियो। त्यस सहमति अनुरुप नै कामदार पठाउनु पर्ने भएपनि अटेर गर्दै म्यानपावरले कामदारबाट रकम माग गर्न थालेको गुनासो आएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै