२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशसभा बैठक: सहकारी विधेयक पारित

२६ चैत्र २०७५, मंगलवार १३:५५

चैत २६, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकले प्रदेश सहकारी विधेयक–२०७५ पारित गरेको छ । सामाजिक विकास समितिले संशोधन गर्ने निर्णय र प्रतिवेदनलाई विधेयकका अङ्ग कायम हुने गरी बैठकले विधेयक पारित गरेको हो ।

बैठकमा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राखेकी थिइन् । समितिका अध्यक्ष राजु नेपालीले विधेयकलाई संशोधनसहित पारित गर्ने निर्णयलाई सभासमक्ष प्रस्तुत गरिन् । कर्णाली प्रदेशसभाले जनताको राय–सुझावका लागि छलफलमा लिएको यो पहिलो विधेयक हो । समितिले सुर्खेत, रुकुम पश्चिम, जुम्ला, दैलेख, कालिकोट जिल्ला पुगेर सरोकारवालाबाट विधेयक उपर सुझाव संकलन गरेको थियो । बैठकले दुई विधेयकलाई थप छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय सर्वसम्मत पारित गरेको छ । ‘कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई सामाजिक विकास समिति तथा ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७४, पहिलो संशोधन गर्न बनेको विधेयक’ लाई अर्थ तथा प्राकृतिक स्रोत समितिमा पठाउने निर्णय गरेको छ । कर्णाली प्रदेश सभाको मंगलबारको बैठक प्रारम्भमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक गुलाबजंग शाहले हावाहुरी र असिनापानीले प्रदेशमा ठूलो क्षति पु¥याउँदा समेत सरकार मौन बसेको आरोप लगाए । पछिल्ला केही दिनयता विभिन्न जिल्लामा असिनापानीले अन्नबालीमा पु¥याएको क्षतिको विवरण प्रस्तुत गर्दै उनले तत्काल क्षतिको मूल्यांकन गरी राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । ‘प्रदेश सरकारले आम जनतालाई सरकार भएको अनुभूति गराउनुपर्छ’, उनले भने, ‘कृषिमा ठूलो विपद् आएको छ, सरकारले आफ्नै प्रदेशका ती गरिब किसानको पीडा बुझिदेओस् ।’ 

नेपाली काङ्ग्रेसका सचेतक हिमबहादुर शाहीले सरकारले असिनापीडितहरुको राहतका सम्बन्धमा तत्काल सदनलाई जानकारी गराउन माग गरे । प्रदेशसभाको अर्को बैठक चैत २७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो