Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

म्याग्दीमा भीरबाट लडेर एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २७, म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर मङ्गलबार बेलुका एक जनाको मृत्यु भएको छ । मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा खिवाङका जीतबहादुर पुनको मृत्यु भएको हो ।&nbsp;<br></p><p>नाउराको भिर धवलागिरी चक्रीय पदमार्गको जोखिमपूर्ण भिर हो । भिरबाट चिप्लेका पुन करिब ३ सय मिटर तल खस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । आफन्तसँगै तातोपानीमा स्नान गरेर फर्किदै गरेको अवस्थामा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए । पूर्वब्रिटिस आर्मीसमेत रहेका पुन सेवानिवृत्त भएपछि सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएको थिए ।</p>