२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५० यात्रु बोकेर काठमाडौँ आउंदै गरेको विमानमा इन्धन नपुग्ने भएपछी…

२०७५, २९ चैत्र शुक्रबार ०२:१४

चैत २९, काठमाडौं | हङकङबाट काठमाडौँ आउंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० विमानलाई होल्डमा राख्दा इन्धन नपुग्ने देखेपछि एयर ट्राफिक कन्ट्रोलले प्रायोरिटी ल्यान्डिङ गरेको छ । 

उक्त विमानलाई आकासमा फन्को लगाउँदा पर्याप्त इन्धन चाहिने भएपछी एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले प्रायोरिटी ल्यान्डिङमा राखेर उक्त विमानलाई अवतरण गर्ने अनुमति गराएका हुन् । बिहीबार बेलुकी उक्त विमानले १ सय ५० यात्रु लिएर काठमाडौँ आउंदै थियो । एयर ट्राफिक जामका कारण  बिमान आकासमै केहि समय होल्ड हुनुपर्थ्यो तर उक्त विमानमा त्यो सम्भव भएन । उक्त विमानका चालक दलले नेपालभित्र आईसकेपछि काठमाडौं विमानस्थलको टावरमा रहेका

एटीसीलाई १० मिनेटभन्दा बढी आफूहरू होल्डमा बस्न नसक्ने भन्दै जानकारी गराएपछि एयर ट्राफिक कन्ट्रोलरले अन्य जहाजको सट्टा उक्त जहाजलाइ विमानस्थलमा ल्याण्ड गर्ने अनुमति दिएको थियो । 


पछिल्लो समय धावनमार्ग मर्मत जारी रहेको कारण दैनिक १० घण्टा बिमान स्थल बन्द हुन्छ, जसको कारण १८ यता अधिकांश विमान होल्डमा पर्ने गरेका छन् । 

उक्त विमानमा यात्रुहरुले भरिएका कारण बढी इन्धन नराखिएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उक्त जहाज अवतरण भएपछी चालक दललाई सोधपुछको लागि बोलाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय