2026-09-04 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको क्रममा केन्या पुर्याईएका १२ नेपाली युवती पक्राउ, कारण यौन धन्दा

बैशाख २, काठमाडौँ (एजेन्सी) । बैदेशिक रोजगारीको क्रममा अबैध तरिकाले केन्य पुर्याईएका नेपाली युवतीहरु एक बारबाट पक्राउ परेका छन् । केन्या प्रहरीले यौन धन्दा र मानव तस्करीको कारवाहीका क्रममा १२ नेपाली युवतीलाई एक बारबाट पक्राउ गरेको हो । 

केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मार्ने क्रममा १२ नेपाली युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै केन्याको द नेशन अखबारले लेखेको छ ।

प्रहरीले निकै लामो अनुसन्धानपछि गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी कारवाही गरेको र कारवाही सफल भएको जनाएको छ । पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । तर, उनीहरु मानव तस्करको फन्दामा परेर कसरी नेपालबाट केन्यासम्म आइपुगे भन्ने विषयमा अझै अनुसन्धान बाँकी नै रहेको जनाइएको छ ।

केन्या प्रहरीले बारका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने बारका सञ्चालकको क्यानाडाको राहदानी रहेको भएपनि उनी क्यानेडियन नभएको प्रहरीले जानकारी दिएको छ । उनले कसरी क्यानाडाको नक्कली राहदानी प्राप्त गरे भन्ने विषयमा अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

केन्याको प्रहरीले यौन धन्दा तथा मावन तस्कर गिरोहलाई लक्षित गरी आगामी दिनमा अझै वृहदस्तरमा कारवाही थालिने जनाएको छ । 

नेपाली युवतीहरुलाई यौन तस्करीको क्रममा केन्या ल्याई अवैध धन्दामा लगाउने गरिएको अधिकारीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै