2026-09-14 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सरकारी सवारी साधनको दुरुपयोग

सुलोचना महता | बैशाख २, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको छ । मार्मा गाउँपालिकाको पशु शाखा प्रमुख नन्दन ठगुन्नालाई साविकको जिल्ला पशु कार्यालयले २०७५ भाद्र महिनामा सरकारी कामकाज सहजताको लागि दिएको बा २ ब २२७७ नम्बरको मोटरसाइकल निजको भाइ दिलिप सिँह ठगुन्नाले घरायसी काममा प्रयोग गरि सरकारी सवारी साधनको दुरुपयोग गरेको पाइएको हो । 

हाल मार्मा गाउँपालिकाका सम्बन्धीत निकायका कर्मचारीले सरकारी मोटरसाइकलको प्रयोग गर्न नपाउँदा गाउँगाउँ हिडेर नै जानुपर्ने बाध्यता रहेको एक कर्मचारीले बताउनु भयो । एक कर्मचारीले भने,‘ मार्मा गाउँपालिका अध्यक्षसँग राम्रो सम्बन्धले गर्दा पशु सेवा प्रमुखको भाइ दिलिपले सरकारी मोटरसाइकलको दुरुपयोग गरेको हो ।’

मार्मा गाउँपालिकाको मोटरसाइकल हाल आफन्त देखि नातेदार सम्मका सबैले प्रयोग तथा गाउँपालिकाका सम्बन्धीत व्यक्तिलाई सरकारी सवारी साधनको दुरुपयोग भएको बारम्बार ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदेखाएको एक कर्मचारीले गुनासो गरेका छन् । त्यस्तै शाखा प्रमुखको भाईले रातदिन घर बनाउने समान ल्याउने देखि लिएर अन्य घरयासी काममा सरकारी मोटरसाइकलको दुरुपयोग गरेको प्रत्यक्ष देखेको मार्मा गाउँपालिकाका स्थानीय धिरज विष्टले बताए ।

सरकारी सवारी साधनको दुरुपयोग भयो भनि गुनासो आएपछि पशु शाखा प्रमुखलाई मोटरसाइकल घरमा नराख्नका लागि निर्देशन दिएको भएको नमानेको मार्मा गाउँपालिका प्रशासकिय अधिकृत तारानाथ पनेरुले बताए । शाखा प्रमुखको घर सिमार हुदाँ बिहानबेलुकी आवतजावत गर्ने मार्मा गाउँपालिका अध्यक्ष जमनसिँह धामीले बताउनु भयो । मार्मा गाउँपालिकासँग चारवटा मोटरसाइकल रहेको दिनका लागि नपुग्ने हुदाँ आवश्यकता अनुसार सरकारी कर्मचारीहरुले प्रयोग गर्ने मार्मा गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो ।

मार्मा गाउँपालिका पशु शाखा प्रमुखको भाईले गरेको सरकारी सवारी साधनको दुरुपयोगका बारेमा बुझेर आवश्यक कारबाही गरीने प्रमुख जिल्ला अधिकारी शंकर सिँह विष्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले