२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता

२ बैशाख २०७६, सोमबार ०२:४४

वैशाख २, गलकोट । बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता हुनुभएको छ । 

चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म  फेला पर्न नसकेको बताएको छ । 

परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो । पाँच दिनसम्म परिवारको सम्र्पकमा नआएका कारण सबैलाई खोजी गरिदिन आग्रह गरेको परिवारका आफन्त भोलानाथ आचार्यले बताउनुभयो । शर्माको खोजी गर्नका लागि स्थानीय दिनभर ढोडेनी तथा कालीगण्डकी किनारमा जाने भए पनि शर्मा फेला पर्न सकेका छैनन् ।

 शर्मा साविक बागलुङ नगरपालिका–१० का पूर्ववडाध्यक्ष हुन् । सामाजिक भावना भएका शर्मा बिना कारण बेपत्ता भएको परिवारले जनाएको छ । शर्मालाई बेपत्ता हुँदाको दिन स्थानीयले घरबाट तल ढोडेनी भन्ने ठाउँमा देखेको प्रहरीले जनाएको छ । घरदेखि तल ठूलो भीर र कालीगण्डकी नदी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै