२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर संचालकका अगाडी महानिर्देशकले भने “गलत गर्नेहरुले कुनै सोर्सफोर्स लगाउने प्रयास नगर्नुहोला”

२०७६, २ बैशाख सोमबार १२:०७

बैशाख २, काठमाडौँ ।  वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक डा. भिष्मकुमार भूषालले कामदारबाट पैसा लिएर रिसिभ वा भरपाई नदिने कार्य तत्काल बन्द गर्न म्यानपावर संचालकलाई  निर्देशन दिएका छन् । कामदारबाट म्यानपावर कम्पनीले तिरेको रकम अनुसार बिल दिने नगरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न म्यानपावर संचालकलाई निदेशन दिएका हुन् । 


गत मंगलवारदेखि विभागमा महानिर्देशकको पदवहाली गरेका महानिर्देशक भूषाललाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा गएका व्यवसायीहरुले सोमबार स्वागत गरेका छन् । सो अवसरमा बोल्दै संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा रहेका नीतिगत समस्याबारे महानिर्देशक भूषालको ध्यानाकर्षण गरेका छन् ।  

फ्री भिषा फ्री टिकटको निर्णय अव्यवहारिक रहेकोले कार्यान्वयनमा समस्या देखिएको छ गुरुङले  भने "अन्तर्राष्ट्रिय रिक्रुटिङ प्राक्टिस अनुसार नेपाल अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसक्दा व्यवसायीले धेरै समस्या झेल्नु परिरहेको छ, भोलिका दिनमा यस्ता समस्या हट्ने विश्वास हामी व्यवसायीले लिएका छौ ।''


म्यानपावर कम्पनीको बढेको धरौटी रकम आँफै बैंक खातामा राख्न पाउनुपर्ने तथा त्यस बापत व्याज रकम लिन पाउने व्यवस्था गर्न पहल गरिदिन महानिर्देशकसंग गुरुङले आग्रह गरे। सघका अध्यक्ष गुरुङले वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत बेथिती हटाएर व्यवस्थित, मर्यादित र सम्मानित व्यवसाय बनाउनका लागि महानिर्देशक भूषालको कार्यकालको सफलताको शुभकामना दिए ।  उनले कामदार, व्यवसायी र सरकारको हितमा संघ जहिल्यै सहकार्य गर्न तयार रहेको समेत बताए । 


संघको तर्फबाट व्यवसायीको गुनासा सुनेपछि महानिर्देशक भुषालले म्यानपावर व्यवसायीको नाममा अबैध तरिकाले रकम उठाएर ठग्ने क्रम रहेको भन्दै त्यस्ताले पावर वा सोर्स लगाए पनि नछोड्ने चेतावनी दिए । उनले भने "गलत गर्नेहरुले कुनै सोर्सफोर्स वा पावर लगाउने प्रयास नगर्नुहोला, म कसैको कुरा सुन्नेवाला छैन ।" व्यवसायीहरुले कामदारबाट अबैध तरिकाले रकम लिने गरेको तर्फ लक्षित गर्दै महानिर्देशक भुषालले पैसाको भरमा अनैतिक काम नगर्न व्यवसायीलाई निर्देशन दिए ।


वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिका बारेमा पुर्व अध्ययन गरेर मात्र विभाग हाजिर भएको छु, महानिर्देशक भुषालले भने "वैदेशिक रोजगारका नाममा एजेण्ट र दलालले ठगी गरिरहेका छन, तपाईका पनि त्यस्ता गतिविधि भए तत्काल बन्द गर्नुस् अन्यथा त्यसलाई रोक्न तत्काल एक्सन लिंदैछु।" उनले व्यवसायीहरुले विदेशबाट डिमाण्ड ल्याउनका लागि पैसा तिर्ने गरेको भन्दै त्यस्ता अस्वस्थ्य प्रतिस्पर्धा बन्द गर्न पनि व्यवसायीलाई निर्देशन दिए । 

श्रम कार्यालयमै घुस लिने दिने काम हुने गरेको घटना तर्फ इंकित गर्दै महानिर्देशक भुषालले विभाग मातहतका कार्यालयका कर्मचारीले व्यवसायीबाट घुस मागेमा तत्काल जानकारी दिन आग्रह गरे । उनले घुस लिने र दिने दुवैलाई कारवाही गर्ने तर नहुने कामका लागि पैसा तिरेर दवाब नदिन समेत व्यवसायीको ध्यानाकर्षण गरे । विभागमा ठगीका गुनासा आउने गरेको भन्दै त्यस्तामा निर्णय गर्नुपर्दा खाली खुट्टा एएरपोर्ट गएका कामदारको बुबाको याद आउँछ उनले भने "ति बुबाहरुको अनुहार हेरेर निर्णय लिन्छु ।"









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै