पढ्न करिब 2 मिनेट लाग्छ

कमल पौडेल | वैशाख ३, बागलुङ | बडिगाड गाउँपालिका वडा नं. ४ नैतुल घर भई हाल बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा ज्याला मजदुरी गर्दै वसोवास गर्ने मानसिंह दर्लामीका छोरा आगोले जली घाइते भएका ८ वर्षिय किरण दर्लामीको उपचारको लागी जापानमा वस्ने नेपालीहरुले सहयोग गर्नुभएको छ।

पाल्पाको मिसन अस्पतालमा उपचार गरिरहेका दर्लामीको उपचारको लागी जापानमा रहनुहुने रेडियो सारथीका पूर्व सहकर्मि लक्ष्मी सापकोटा तथा मनोज रायमाझिको संयुक्त सक्रियतामा जापानमा संकलन भएको ८८ हजार १ सय ११ जापानी यन (नेपाली ८५ हजार ७ सय ८२ रुपैयाँ) र स्थानिय रुपमा संकलन भएको ३ हजार १८ गरि जम्मा ८८ हजार ८ सय आज किरण कि दिदि चन्द्रा दर्लामीलाई हस्तान्तरण गरिएको हो।

रेडियो सारथी १०७.४ मेघाहर्जको स्टुडियो, सामुदायीक सञ्चार भवन सारथी डाँडाबाट दर्लामीलाई रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेलले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै स्टेशन म्यानेजर पौडेलले जापानमा तथा नेपालमा रहने सहयोग गर्ने सहयोग दाताको नाम तथा रकम जानकारी गराउँदै घाइते बालकको सवै सहयोगीहरुको तर्फवाट सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। दर्लामीको परिवार आर्थिक रुपमा विपन्न भएको र उपचारमा सहयोग गरिदिन परिवारले गरेको याचनालाई रेडियो सारथी सहित धेरै संचार माध्यमले समचार प्रकाशन तथा प्रशारण गरेको थियो।

जापान वाट आएको रकम मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा निवासी रविलाल पौडेलले रेडियो सम्म पुर्याइदिनुभएको थियो। सोहि रकम र केहि स्थानियले दिएको रकम हस्तान्तरण हस्तान्तरण गरिएको हो। उता घाइते वच्चाको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ। यो भन्दा पहिला पनि जापानवाटै रेडियोका पूर्व सहकर्मि लक्ष्मी पौडेलले संकलन गरि पठाएको ६२ हजार जापानी यन हस्तान्तरण गरिएको थियो।

रकम सहयोग गर्ने दाताहरु

जापानवाट (जापानी यन)

मनोज रायमाझि १०,०००/-

बालकृष्ण खनाल १०१११/-

विष्णु प्रसाद खरेल ५०००/-

डिल बहादुर पंगेनी ५०००/-

अमृता अर्याल पाठक ४०००/-

अतीत कुँवर ३०००/-

महेन्द्र घिमिरे ३०००/-

विनोद रायमाझि ३०००/-

विस्णु भण्डारी २०००/-

लक्ष्मी कार्कि २०००/-

सोभा २०००/-

जिवन कँडेल २०००/-

विष्णु पछाई ३०००/-

बेनी प्रसाद बौद्धचार्य २५००/-

गोकुल भण्डारी २०००/-

विक्रम केसि २०००/-

गिता केसि २०००/-

प्रदिप पौडेल २०००/-

सिता अर्याल २०००/-

नारायण पोखरेल २०००/-

राजु सापकोटा २५००/-

तारा प्रसाद शर्मा २०००/-

सरस्वती शर्मा ३०००/-

पवित्रा थापा २०००/-

कुल गुरुङ ३०००/-

दिपक खत्रि ५०००/-

खिम खत्रि २०००/-

नेपाल बाट (नेपाली रु.)

रविलाल पौडेल २०१८/-

जिवन थापा ५००/-

पवित्रा रेश्मी थापा ५००/-

जम्माः ८८,८००/-