2026-09-04 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई थप तनाव: आय/व्याय छानविन गर्न महालेखा परीक्षकको निर्देशन

वैशाख ३, काठमाडौँ | धरौटी वृद्धिको ६ महिने दिनगन्ति चल्दै गरेको अवस्थामा म्यानपावर व्यवसायीलाई थप तनावको सृजना भएको छ । टिकट खरिद गरेर आफ्नो आय/व्यय विवरणमा उक्त शिर्षक लुकाई १३ करोड भन्दा बढीको राजश्व छली गरेको दावी गर्दै महालेखा परीक्षकको कार्यालयले म्यानपावर कम्पनीहरुको आय/व्यय विवरण छानबीन गर्न निर्देशन दिएको छ । 

वैदेशिक रोजगार व्यवसायीहरुले कर छल्ने गरेको पाइएको महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनले उल्लेख गर्दै कर छल्ने व्यवसायीसँग कर असुल गर्न निर्देशन दिएको हो ।

वैदेशिक रोजगार व्यवसायीहरुले टिकट खरिद तथा बिक्रीमा आय व्याय नदेखाएर कर छली गरेको तथा सोबाट हुने लाभको रकम समेत कहीँ-कतै उल्लेख नगरेको पाइएको उल्लेख गर्दै वैदेशिक रोजगार व्यवसायीको आय व्याय छानविन गरी करको दायरामा ल्याउन तथा छुट भएको करसमेत असुल गर्न निर्देशन दिएको छ । 

महालेखा परीक्षक प्रतिवेदनको पृष्ठ १ सय १२ मा अर्थ मन्त्रालय मातहत रही भाग ७४ मा वैदेशिक रोजगार व्यवसायीको आय शीर्षकमा उक्त कुरा उल्लेख गरिएको छ । जस वापत व्यवसयीहरुबाट १३ करोड २७ लाख शुल्क तथा त्यसको ब्याजसमेत असुली गर्न महालेखा परीक्षकले निर्देशन दिएको छ । 

आयकर ऐन, २०५८ को दफा ७ अनुसार सेवा शुल्कलाई समेत आयमा समावेश गर्नुपर्ने उल्लेख छ । महालेखा परीक्षकको प्रतिवेदनले हवाई टिकट बिक्री तथा कारोबार गर्ने करदाताको सम्परीक्षण गर्दा टिकट व्यावसायीले टिकट बेचेको देखाएको तर वैदेशिक रोजगार व्यावसायीले भने खरिद गरेको नदेखाएपछि व्यवसायीले कर छली गरेको उसको निष्कर्ष रहेको छ । जुन शिर्षकमा आर्थिक वर्ष २०७४–७५ मा वैदेशिक रोजगार व्यावसायीहरुले ९० करोड ८ लाख ९६ हजारको टिकट खरिद गरेको देखिएको छ । अधिकांश म्यानपावर व्यवसायीहरुले बुझाएको लेखा परिक्षण प्रतिवेदनमा हवाई टिकटको बिषय उल्लेख छैन । 

महालेखा परीक्षकको कार्यालयले म्यानपावर व्यवसायीहरुले ९० करोड भन्दा बढीको टिकट खरिद गरेर ३७ करोडको मात्रै आम्दानी देखाएपछि झन्डै ५३ करोडको २५ प्रतिशतले हुन आउने रकमको आधारमा १३ करोड भन्दा बढी राजश्व छली गरेको भन्दै उक्त करको ब्याज समेत अशुली गर्न निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै