२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा नौ महीनामा २५ लाख राजश्व सङ्कलन

२०७६, ३ बैशाख मंगलवार १२:१२

बैशाख ३, दार्चुला । छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा  बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो ।

उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नरसिंह बडालले जानकारी दिनुभयो । 

सबै सामानमा कडाइका साथ भन्सार रकम सङ्कलन गरिएकाले व्यापारीले विरोध गरे पनि आशा गरिएबकोजिम राजश्व सङ्कलन भएको यसैगरी चालू आवमा खरी निर्यात गरेर करीब रु सात लाख राजश्व सङ्कलन भएको निमित्त प्रमुख बडालले जानकारी दिनुभयोे । 

दुहुँ गाउँपालिका–५ हिकिला बक्थौलामा उत्खनन भइरहेको खरी भारत निकासीबापत रु छ लाख ८४ हजार राजश्व सङ्कलन भएको र चालू आवको हालसम्म ३८ मेट्रिकटनका दरले १२ पटकमा ४५६ मेट्रिकटन खरी भारत निर्यात भएको थियो ।   

खरी निर्यातबापत् प्रतिकेजी एक रुपैयाँ ५० पैसाका दरले राजश्व सङ्कलन हुने गरेको छ । चालू आवमा दुई हजार ५०० मेट्रिकटन खरी उत्खनन गरेर भारत निर्यात गर्ने लक्ष्य भए पनि यातायातको अभाव र हिउँदका महीनामा राम्रो बाटो नभएर लक्ष्यभन्दा कम खरी निर्यात हुने देखिएको बताइएको छ । 

यो वर्ष खानी तथा भूगर्भ विभागबाट दुई हजार ५०० मेट्रिकटन खरी निकासीको अनुमति लिएर जियो मिनरल रिजर्भ प्रालिले खरी उत्खनन गरिरहेको छ । जिल्लामा सीतापुल, तिगरम, खलङ्गा, दत्तु, जौलजीवी र लाली भारतसँग सीमा जोडिएका नाका हुन् तर खलङ्गाबाहेक अन्य सीमा पुलमा भन्सार स्थापना हुन सकेको छैन । खलङ्गापछि बढी सामान आयात निर्यात हुने अन्य नाकाबाट हरेक महीना लाखौँ रुपैयाँको सामान अवैधरुपमा नेपाल भित्रिने गरेको छ । 

चीनको ताक्लाकोटबाट पनि हरेक वर्ष करोडौँको सामान राजश्व नतिरी भारत तथा नेपाल भित्रिने गरेको यहाँका बासिन्दा बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ