वैशाख ४, काठमाडौं । सेमरक श्रीयन्त्र प्रि-स्कूल कमलपोखरीले एक कार्यक्रमका बीच आफ्नो पाँचौ बार्षिक उत्सब मनाएको छ । पाँचौ बार्षिक उत्सव अन्तर्गत कक्षा यूकेजीका बिद्यार्थीहरु दिक्षित भएका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुको प्रस्तुतिमा नृत्य, गीत संगीत, नाटक, राइम्स लगाएका मनोरन्जनात्मक प्रस्तुती प्रस्तुत रहेका थिए । यसैगरी कक्षा युकेजीका स-सना भाईबहिनीको ‘ज्यामिरे’ नाटकलाई अभिभावकले निकै मन पराएका थिए भने कक्षा पी.जी र नर्सरीका भाईबहिनीको ‘जोनी जोनी यस पापा’ नृत्य आकर्षक रहेको थियो ।

कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सिमा शर्मा, सदस्यहरु अनिल घिमिरे, किशोर घिमिरे, रोचना घिमिरे, आशुतोष उपाध्यायको उपस्थिती थियो । कार्यक्रममा अभिभावको तर्फबाट अर्चना रिमाल, श्रुती गुरागाई लगायतले स-सना बालबालिकाको शिक्षा दिक्षामा सेमरकले खेलेको भूमिकाको कदर गर्दै आगामी दिनमा अझै गुणस्तर बढाउदै लैजानुपर्ने शुभकामना दिए ।
कार्यक्रममा स्कूलकी प्रिन्सिपल जया घिमिरेले स्कूल व्यबस्थापन समिति, अभिभावक, शिक्षक, बिद्यार्थी लगायत सबैको साथ सहयोगले नै स्कूल यहाँसम्म आईपुगेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरिन् । आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउँदै घिमिरेले स-सना विद्यार्थीहरुको शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा कुनै कमी नगर्ने प्रतिबद्धता समेत जनाईन् ।
