२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा गिद्धको संख्या बढ्यो

५ बैशाख २०७६, बिहीबार ०८:००

वैशाख ५, डोटी । कुनै बेला वीरलै देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ ।

खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । लोपोन्मुख अवस्थामा पुगेको हिमाली गिद्ध यहाँ भने प्रशस्तै रहेको कार्यालय सहायक प्रमुख संरक्षण अधिकृत प्रशा शाहले बताए ।

पर्याप्त आहारा, वासस्थानको संरक्षणलगायत  पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोग नगरिएकाले यहाँ हिमाली गिद्धको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ थियो । जिल्लामा यसअघि गिद्धबारे कुनै अध्ययन अनुसन्धान नभएको र अन्य गिद्धका प्रजाति तथा सङ्ख्याको बारेमा यकिन भन्न नसकिने जानकारी दिँदै उनले भने, ‘यस वर्ष भने गिद्धको सङ्ख्या अधिक देखिन थालेकाले अध्ययनका लागि योजना बनाइने भएको छ ।’

गिद्धको सङ्ख्या वृद्धि भएसँगै गाउँ घरमा फालिएका सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनले भने, ‘लोपोन्मुख प्रजातिका गिद्ध आए पनि त्यसको संरक्षणबारे कुनै निकायबाट पहल भएको छैन, अब संरक्षणका लागि पहल गर्नुपर्छ ।’ नेपालमा हाडफोर, सेतोगिद्ध, डङ्गर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेको निकुन्ज कार्यालयले जनाएको छ ।

डङ्गर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्ध र हिमाली गिद्ध पनि सङ्कटापन्न अवस्थामा रहेको बताइएको छ । डाइक्लोफेनेक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुको सिनो गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने र तिनको प्रजनन क्षमतामा ह्रास आउने हुँदा गिद्ध लोप हुने अवस्थामा पुगेको निकुञ्जका कर्मचारी बताउँछन् । पछिल्लो समय देशका अधिकांश जिल्ला डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरिएकाले गिद्धको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको उनीहरूको  अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य