2026-09-04 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसओएस म्यानपावरमा विभागको छापा, महत्वपूर्ण कागजातहरु नियन्त्रणमा

बैशाख ५, काठमाण्डौं । राजस्व अनुसन्धान विभागले एसओएस म्यानपावरमा छापा मारेको छ । कर छलीको आरोपमा विभागको टोलीले बुधबार राजधानीको धापासीस्थित म्यानपावरमा छापा मारी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको हो ।

कल छलीको आशंकामा अझै आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीमाथि अनुसन्धान जारी राखेको विभागले जनाएको छ । विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याइएपछि म्यानपावर कम्पनीमा दोस्रो पटक छापा मारिएको हो । यस अघि वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङको स्काई ओभरसिजमा छापा मारी आवश्यक प्रकृया पुरा गरेर विभागले अदालतमा मुद्वा दायर गरिसकेको छ । 

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा हुने आयमा कर छली गरेको पाइएपछि उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको र थप अन्यको पनि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । म्यानपावरले विदेशमा कामदार पठाएको विवरण यथार्थ नबुझाएको र ठूलो मात्रामा राजश्व छली गर्ने गरेको सूचना आइरहेको राजश्व विभागको भनाई छ । 

म्यानपावर व्यवसायीहरुले आफूले व्यवसाय गरेबापत कमाएको आय अत्यन्त कम देखाउने र त्यस बापतको राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्ने विभिन्न सूचना प्राप्त भइरहेकोले केही म्यानपावरमाथी छानविन भइरहेको विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै