2026-10-15 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेरी–बबई आयोजना: लाभका विषयमा प्रदेश सरकारले मुख खोल्यो

बैशाख ६, सुर्खेत । सुर्खेतमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको लाभका विषयमा प्रदेश सरकारले मुख खोलेको छ । बैशाख ३ गते सुरुङ निर्माण सकिएको आयोजनाको लाभका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्पष्ट पार्न सकेनन् । जसले भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिकाका नागरिकहरु निराश छन् ।

नेपालमै पहिलो पटक मानवरहित मेशिनबाट सुरुङ खनेपछि यो आयोजनाले वाइवाइ पाएको छ । तर प्रधानमन्त्री ओलीले आयोजना प्रभावितका समस्या र लाभका विषयमा समान्तर अभिव्यक्ति नदिँदा नागरिकहरु निराश बनेका छन् । कतिपयले आयोजनाको भविष्य बारे अन्यौलता उत्पन्न हुने खतरा रहेको औंल्याउन थालेका छन् । नागरिकका जत्ति पीडा छन् उत्तिकै पीडा प्रदेश सरकार रहेको भाव प्रकट भएको छ । गोरखापत्र दैनिकले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले लाभका विषयमा प्रदेश सरकार गम्भीर भएको बताए । ‘आयोजना बन्नु गौरवको विषय हो । यसले सुरुङ युगको थालनी गरेको छ’ ज्वालाले भने, ‘आयोजनाबाट हुने लाभका विषयमा सिँचाई मन्त्रीलाई गम्भीर भइदिन आग्रह गरिरहेको छु ।’ प्रदेश पाँचका बाँके र बर्दियाले सिँचाई सुविधा पुग्नु राम्रो भएको भन्दै मन्त्री ज्वालाले आयोजनाबाट उत्पादन हुने विद्युत कर्णालीलाई दिलाउन पहली प्रयासको सुरुवात भएको संकेत गरे । ‘स्पष्ट अधिकारविनै प्रदेश सरकारले पीडै पीडामा काम गर्नु परेको छ’ ज्वालाले थपे, ‘आयोजना पनि बन्नुपर्छ त्यसबाट प्रभावितले राहत पनि पाउनुपर्छ । बारम्बार सिँचाई मन्त्रीलाई यो विषयलाई हल्का रुपमा नलिन अनुरोध गर्दै आएको छु ।’ पानी लिनुस् विद्युत दिनुहोस् भन्ने प्रदेश सरकारको अडान राखेको ज्वालाले बताए । उनले भेरी नदीमा बाँध बाँधेपछि प्रभावित हुने लेकवेशी, गुर्भाकोट र भेरीगंगाका नागरिकहरुलाई तत्काल लालपूर्जासहित क्षतीपूर्ति दिनमा केन्द्र सरकार गम्भीर हुन आग्रह गरेको जानकारी दिए ।

मन्त्री ज्वालाले भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनामा प्रयोग भएको सुरुङ खन्ने मेशीन कर्णालीमै प्रयोग गर्न अनुरोध गरिएको उल्लेख गरे । मन्त्री ज्वालाकाअनुसार कर्णाली नदीको पानी वीरेन्द्रनगर ल्याउने आयोजना तल्लोडुंगेश्वर–वीरेन्द्रनगर सञ्चालन गर्न माग राखिएको छ ।

‘कर्णालीका खास तथ्य उजागर गरौं’

गोरखा पत्र दैनिकले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले कर्णालीको संस्कृतिलाई उजागर गर्न आग्रह गरेका छन् । उनले कर्णाली भौगोलिक रुपमा विकट मात्रै नभई त्यो भित्र प्राचिन कला, संस्कृती, धर्म लगायतका विषयहरु लुकेर रहेकाले ति सवालहरुलाई माथि उठाउन आग्रह गरे । मिडियाले जनता र सरकारविच पुलको काम गर्नुपर्नेमा कता कता सत्य मार्दै अघि बढेको ज्वालाको चिन्ता थियो । सत्य चिज खोतल्नु मिडियाको काम भएपनि त्यो आजभोलीको मिडियामा हराउँदै गएको टिप्पणि गरे । ‘सरकारको आलोचना गर्नु मिडियोको काम हो तर कहिले काहीँ सत्य नै मेटाएर लेख्ने काम गलत हो’ ज्वालाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता