२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निशुल्क स्वास्थ्य शिविरबाट ५ सय लाभान्वित

८ बैशाख २०७६, आईतवार १३:५३

शिला पाण्डे ,पर्वत

कुश्मा नगरपालिका १३ खौलालाकुरिमा एक दिने निसुल्क स्वास्थ सिविर सम्पन्न भएको छ। समाजमा भएका बिपन्न परिवारका जनताहरुलाइ स्वास्थको पहुचमा पुर्याउने उद्देश्यले प्रतिबिम्ब युवा क्लब तथा समाज सुधार मञ्च सिसेफ नेपालको आयोजनामा उक्त सिविर सप्पन्न भएको हो।


सो सिविरमा स्वास्थ परिक्षण गर्न आउने बिरामीको निकै चाप देख्न सकिन्थ्यो बिरामीहरुले आफ्ना छोरा नातिहरुले राम्रो काम गरेको भनी आशिर्वाद समेत दिएका थिए। जुन सहर बजार झर्न नसकेका र आफ्ना समस्याले गर्दा बर्सौ पहिला देखि नै बिरामी भएको भए पनि आर्थिक समस्याका कारण कैयौ आमाबाबुहरु अस्पताल पुग्न नसकेको बताएका थिए ।

हिँड्नै नसक्ने बृदा आमाबाहारुपनि कोहि नातिनातिनाको हात समाउदै त कोहि लौरो टेकेर लामो लामो सास फेर्दै हतारिदै सिविरमा पुगेका थिए।


भने बिरामिहरुको निकै भिड भाड देख्न सकिन्थ्यो ।आफ्नो घरदहिलोमा नै स्वास्थ जाच गर्न पाएकोमा उनिहरुको अनुहारमा खुशीका किरण प्रवाह भैरहेका देख्न सकिन्थ्यो ।
उक्त शिविरमा करिब ४सय ८०जनाको स्वास्थ परिक्षण गरिएको थियो ।
शिविरमा स्त्रीरोग, मुटु रोग, प्रेसर जाँच, हाडजोर्नी रोग, नशाका समस्या भएकाहरु भेटिएका थिए । खौला, ठुलाीपोखरी, कार्कीनेटा, पीपलटार आसपासका स्थानीयले स्वास्थ्य जाँच गरेका हुन् ।

स्वास्थ्य जाँच गर्न आएकी १ महिलालाइ बिरामी पुर्जा बितरण गर्दै कुश्मा नगरपालिकाकी उपमेयरबाट शिविरको शुभारम्भ गरिएको हो । उपमेयर सीता काफ्लेले लामिछानेले समय समयमा नजिकको स्वास्थ्य केन्द्रमा गई आफनो स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रम संयोजक कामना रेग्मीले अस्पतालसम्म पुग्न नसकेका बिरामीहरुलाइ मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको बताउदै आफ्ना समस्या समाधान गर्न आफ्नो मनबाट नै लाग्नु पर्ने बताउदै आर्थिक अवस्था कमजोर भएकालाई घर घरमा दिएको स्वास्थ्य जाँचले सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गरिन् । सिविरमा स्वास्थ परिक्षण गरिसकेपछि उपचार सम्भव भए त्यहीँ औषधी उपलब्ध गराइएको र सम्भव नदेखिए अस्पताल रिफर गरिने क्लबले जनाएको छ ।

नव प्रतिबिम्ब युथ क्लब खौलाका अध्यक्ष विवेक सुवेदीको अध्यक्षतामा भएको शिविरमा सिसेफ महिला समूहका अध्यक्ष ईश्वरी पाठक, क्लबका सल्लाहकार खगेन्द्र सुवेदी, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंक लामिछाने, नेपाली कांग्रेस खौलाका सभापति हर्कबहादुर कार्की, नेकपा खौलाका प्रतिनिधि तिलकबहादुर लामिछाने र क्लबका सचिव सुमन सुवेदीलगायतले बोलेका थिए ।
शिविरमा डाक्टर पर्निता राज भण्डारी बागलुङ अञ्चल अस्पतालका, डाक्टर इन्द्र गुरुङ ठुलिपोखरी स्वास्थ कार्यलयका कुश्मा नगरपालिका स्वास्थ्य शाखाका याम शर्मा ,बाग्लुङ मेडिकल हलकाराजेश पौडेल कुश्मा हस्पिटल प्रालिका सुशील पौडेल लगायतका चिकित्साबाट स्वास्थ्य स्वास्थ परिक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य