2026-09-13 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : एथलेटिक्समा सन्तोषीको कीर्तिमान

वैशाख ८, लमही । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको एथलेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपिएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

सन्तोषीले निर्धारित दूरी १६ मिनेट ३८ दशमलव ५३ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितिन् । उनले कान्छीमाया कोजुले बनाएको कीर्तिमान भङ्ग गरेकी हुन् । कान्छीमायाले सन् २०१० मा चीनको गोञ्जाओमा १६ मिनेट ४९ दशमलव ९८ सकेन्डको कीर्तिमान बनाएकी थिइन् । यस्तै १६ मिनेट ४६ दशमलब ३ सेकेन्डमा पूरा गरेकी आर्मीकी विश्वरुपा बुढाले रजत जितिन् । 

यस्तै चारगुणा ४०० मिटर रिले दौडमा महिलातर्फ आर्मीले राष्ट्रिय कीर्तिमान बनायो । कृष्णा चौधरी, सङ्गीता मेचे, सरस्वती भट्टराई र तुलसा खत्री रहेको टिमले चार मिनेट दुई दशमलब ४८ सेकेण्डमा सो दूरी पूरा गरस्वर्ण पदक जितेका थिए ।  

महिला क्रिकेटः सुदूरपश्चिम, प्रदेश १, २ र एपिएफ सेमिफाइनलमा

आठौँ राष्ट्रिय खेलक्ूद प्रतियोगिताअन्तर्गत दाङको लमहीमा जारी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, प्रदेश १, प्रदेश २ र एपिएफ क्लब सेमिफाइनल प्रवेश गरेका छन् । 

सोमबार एपिएफ क्लब र प्रदेश २ बीच तथा प्रदेश १ र सुदूरपश्चिमबीच खेल हुनेछ । आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई १९ रनले पराजित गरेको हो । टस जितेर  ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाउँदै १२७ रन बनायो । एक सय २८ रनको लक्ष्य पछ्याएको  प्रदेश ३ ले १८ ओभरमा १०८ रन मात्रै बनाउन सक्यो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन