२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

महिलालाई कपाल मुण्डनसहित कुटपिट गर्ने आठ जना पक्राउ

८ बैशाख २०७६, आईतवार १६:२९

 वैशाख ८, धनुषा  । धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही पुरुषहरुले मिलेर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।  

धनुषाका प्रहरी प्रमुख शेखर खनालले भन्नुभयो, “गाउँलेहरु मिलेर कपाल मुण्डन गरी कुटपिट गरेका हुन् । शनिबार राति भएको सो घटना आइतबार मात्र सार्वजनिक भएपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको छ ।”

पक्राउ पर्नेहरुमा स्थानीय ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रञ्जित सादा र  १९ वर्षीय सन्तोष सादा रहेका छन् उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले पक्राउ गरेको हो । सो घटनामा पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गराई अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य