Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महिलालाई कपाल मुण्डनसहित कुटपिट गर्ने आठ जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ८, धनुषा  । धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही पुरुषहरुले मिलेर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रमुख शेखर खनालले भन्नुभयो, “गाउँलेहरु मिलेर कपाल मुण्डन गरी कुटपिट गरेका हुन् । शनिबार राति भएको सो घटना आइतबार मात्र सार्वजनिक भएपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको छ ।”

पक्राउ पर्नेहरुमा स्थानीय ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रञ्जित सादा र  १९ वर्षीय सन्तोष सादा रहेका छन् उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले पक्राउ गरेको हो । सो घटनामा पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गराई अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ । रासस