Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डडेल्धुरामा जन्ती बोकेको जीप दुघर्टना हुँदा ९ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख १०, डडेल्धुरा । डडेल्धुरामा जन्ती बोकेको जीप दुघर्टना हुँदा नौ जना घाइते भएका छन् । महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका–६ बलाना आइरहेको म १ ज ६४४ नम्बरको बलेरो जीप बलना भन्ने ठाउँमा मंगलबार बेलुकी ६ बजेतिर दुर्घटना भएको हो ।<br></p><p>घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ बलनाका २० वर्षीया मदनराज पनेरु, सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु र कञ्चनपुरको बेतकोट नगरपालिका–१० का ३५ वर्षीय मदन कलौनी रहेको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।</p><p>प्रहरीका अनुसार मोडमा जीप व्याक गर्ने बेला सडकबाट करिब ५० मिटर कच्ची तल खसेको हो । दुघर्टनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अजयमेरु गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याएइएको प्रहरीले जनाएको छ। दुलहा दुहली अर्को गाडीमा सवार थिए ।</p>