2026-06-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन शुरु

अशोक घिमिरे | वैशाख १०, काठमाडौँ (रासस) | सरकारले आजदेखि वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको अनुगमन शुरु गरेको छ । 

गत कात्तिक १२ गते नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयु) अनुसार कामदारको स्वास्थ्य परीक्षण गर्न निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन शुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले विशेषज्ञ चिकित्सकसहितको टोलीले ती स्वास्थ्य संस्थाले तोकेको मापदण्ड पूरा गरे/नगरेको अनुगमन गर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका तीन विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चार वटा टोली अनुगमनमा खटिएको छ । चारमध्ये तीन वटा टोली उपत्यका बाहिरका स्वास्थ्य संस्थाको निरीक्षणमा जानेछ भने उपत्यकामा एक टोलीले निरीक्षण गर्नेछ । 

अनुगमन टोलीले १५ दिनभित्र सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको निरीक्षण मलेसिया सरकारले पठाएको कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पूरा गर्ने संस्थालाई स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिन सरकारलाई सिफारिश गर्नेछ । 

सरकारले गत चैत १८ गते एक सूचना जारी गर्र्दै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचीकरणका लागि आवेदन माग गरेको थियो । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन निवेदन दिएका १२६ नयाँ स्वास्थ्य संस्थासहित मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि २९० स्वास्थ्य संस्थाले निवेदन दिएका छन् ।

यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको २२६ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्दै आएका थिए । मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमन÷निरीक्षणमा सहयोग गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

मलेसिया सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड नेपाल सरकारलाई पठाइसकेको छ । मापदण्डअनुसार कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाले न्यूनतम् आधारभूत संरचनासहित नयाँ प्रविधिको स्वास्थ्य परीक्षण गराउने उपकरणको व्यवस्था गर्नुपर्नेछ । ती स्वास्थ्य संस्था भौतिक पूर्वाधार सुविधा सम्पन्न हुनुपर्ने र स्वास्थ्य परीक्षण गराउने आवश्यक जनशक्तिको पूर्ण व्यवस्था गर्नुपर्नेछ । स्वास्थ्य संस्थाले रेडियोग्राफी र प्याथोलोजी विभाग छुट्टयाइ आवश्यक उपकरण जडान गर्नुपर्नेछ ।

रेडियोग्राफी विभागमा ३०० एमए/५०० एमएको डिजिटल रेडियोग्राफी एक्स–रे मेसिन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी एक्स–रे गर्दा निस्कने विकीरणको सुरक्षित व्यवस्थापन हुनुपर्ने र एक्स–रे गर्न जाने कामदार पालो पर्खने उचित कोठाको प्रबन्धन गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।

मापदण्डमा प्याथोलोजी विभागमा माइक्रोस्कोप, इल्सा रिडर, वायोकेमेस्ट्री एनलाइजर (पूर्ण स्वचालित)लगायत १७ प्रकारका स्वास्थ्य उपकरण अनिवार्य गरिएको छ । कामदारको विभिन्न किसिमका स्वास्थ्य परीक्षण गर्न आवश्यक १४ प्रकारका केमिकल स्वास्थ्य परीक्षण गराउने संस्थामा अनिवार्य हुनुपर्ने मापदण्डमा तोकिएको छ । 

त्यसैगरी स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकसहित प्राविधिकलगायत अन्य कर्मचारी अनिवार्यरुपमा कार्यरत हुनुपर्नेछ । रेडियोलोजिष्ट, प्याथोलोजिष्ट, एमडिजिपी÷एमविविएस, मेडिकल ल्याब टेक्नोलोजिष्ट, मेडिकल ल्याब टेक्निकल, रेडियोग्राफर, बायोमेट्रिक अपरेटरलगायत १३ जना कर्मचारी अनिवार्य हुनुपर्नेछ ।

कामदारको सहजताका लागि पर्याप्तमात्रामा खुला स्थान, स्वास्थ्य परीक्षण गरिएका कामदारका कागजपत्रको अभिलेख राख्नुपर्ने, कामदारलाई अलमल नहोस् भनेर सहायता कक्षकोसमेत व्यवस्था गरिएको हुनुपर्नेछ । कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि स्वास्थ्य उपकरणसहितको स्वास्थ्य परीक्षण गर्ने कोठा, रगतको नमूना सङ्कलनका लागि छुट्टै कोठा, उपयुक्त फर्निचरसहितको प्रशासनिक कक्ष र विद्युत्का कारण स्वास्थ्य परीक्षणमा ढिलाइ नहोस् भन्ने उद्देश्यले जनेरेटर तथा इन्र्भटरको व्यवस्था गरिएको हुनुपर्ने मापदण्डमा तोकिएको छ ।

उपयुक्त जनशक्ति तथा पर्याप्त पूर्वाधार भएको स्वास्थ्य संस्थाको छनोटपछि रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले पालना गर्नुपर्ने स्वास्थ्य परीक्षणसम्बन्धी प्रक्रियाको जानकारी गराइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ