2026-10-15 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नीतिविपरीत जनप्रतिनिधिले कार्य गरेको आरोप

वैशाख ११, वीरेन्द्रनगर (रासस) | हरेक विकास निर्माणका आयोजनामा स्थानीय तथा प्रदेश सरकारले नीतिविपरीत कार्य गरेको भन्दै निर्माण व्यवसायीले असन्तुष्ट व्यक्त गरेका छन् । जनताको अपनत्व जगाउने कार्यप्रति बेवास्था गरेको उनीहरुको आरोप छ ।

स्थानीय उपभोक्ताको प्रत्यक्ष संलग्नतामा विकास निर्माण गर्ने परिपाटी भए पनि स्थानीय र प्रदेश सरकारले त्यसविपरीत कार्य गरिरहेको भन्दै निर्माण व्यवसायी समितिले सो कार्य तत्काल सच्याउनसमेत अपिल गरेको छ ।

मङ्गलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर व्यवसायीले त्यस्तो परिपाटीले नीतिगत र आर्थिक अनुशासन उल्लङ्घन भएको ठहर गर्दै स्थानीय र प्रदेश सरकारलाई सचेत गराएका छन् ।

स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीका आफन्तहरुको निर्माण सामग्री खरीद गरी मनोमानी ढङ्गले उपभोक्ता समिति गठन गरेर स्टिमेटविना लागत अनुमान तयार नै नगरी हचुवाका भरमा निर्माणका कार्यहरु गरिरहेको भन्दै निर्माण व्यवसायीले आपत्ति जनाएका छन् ।

उनीहरुले मेसिन प्रयोगमा घण्टालाई आधार मानेर उपभोक्ताका नाममाविना धरौटी खुलेआम करोडौँ रकम दुरुपयोग भएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष राजवीन्द्र सापकोटाले बताउनुभयो । 

साथै सार्वजनिक खरिद ऐन २०६३ तथा सोहीको नियमावली २०६४ बमोजिम स्पष्ट कानूनी व्यवस्था हुदाँहुँदै पनि प्रावधानविपरीत डिपिआर, सर्वेसमेत नगरी गुणस्तरहीन कार्य भइरहेको भन्दै यस्ता कार्यमा तत्काल रोक लगाई सरकारी रकमको सदुपयोग गर्न व्यवसायीको माग छ ।

वन डिभिजन कार्यलय र घरेलु तथा साना उद्योगजस्ता निकाय स्थानीय जनप्रतिनिधिको मिलेमतोमा प्राकृतिक सम्पदाको चरम दोहन गरेको उनीहरुले आरोप लगाएका छन् । विकास निर्माणका कार्यमा विचौलियाले कालोबजारी र सिण्डीकेट कायम गरेको भन्दै व्यवसायीले प्रदेश सरकारले यस्ता कार्यलाई तत्काल रोक लगाई आफ्नो कार्यक्षेत्रमा एकरुपता हुने गरी कानून तर्जुमा गरी कार्यान्वयन गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता