२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा टिपर आतंक विरुद्ध सडक अवरुद्ध

१२ बैशाख २०७६, बिहीबार १०:२६

राम नारायण पंडित, बैशाख  १२, सिरहा । सिरहाको मिर्चैया स्थित स्थानीयले सडक अवरुद्ध पारेको छ । आज विहान ८ बजेदेखि करीब ३ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानियहरुले सडक अबरुद्ध गरेका थिए ।

सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदुशन गरेको स्थानीयहरुको आरोप छ । सैयौको संख्यामा दिनहुँ टिपर चलेपनि सडकमा नियमिति रुपमा पानी समेत नहाल्दा यहाँको जनताको स्वास्थ्य नै खतरामा परेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय संजिब यादबले बताए । 


टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने समेत उनले चेतावनी दिए । ईलाका प्रहरी कार्यालय मिर्चैयाले सिमेन्ट फैक्ट्रीसंग समन्वय गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक सुचारु भएको छ ।

मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुन ढुङ्गगा बोक्ने दैनिक करीब १ हजारको हाराहारीमा टिपर यस सडकखण्डमा संचालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान