राम नारायण पंडित, बैशाख १२, सिरहा । सिरहाको मिर्चैया स्थित स्थानीयले सडक अवरुद्ध पारेको छ । आज विहान ८ बजेदेखि करीब ३ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानियहरुले सडक अबरुद्ध गरेका थिए ।

सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदुशन गरेको स्थानीयहरुको आरोप छ । सैयौको संख्यामा दिनहुँ टिपर चलेपनि सडकमा नियमिति रुपमा पानी समेत नहाल्दा यहाँको जनताको स्वास्थ्य नै खतरामा परेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय संजिब यादबले बताए ।

टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने समेत उनले चेतावनी दिए । ईलाका प्रहरी कार्यालय मिर्चैयाले सिमेन्ट फैक्ट्रीसंग समन्वय गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक सुचारु भएको छ ।

मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुन ढुङ्गगा बोक्ने दैनिक करीब १ हजारको हाराहारीमा टिपर यस सडकखण्डमा संचालनमा रहेका छन् ।

मिर्चैयामा टिपर आतंक विरुद्ध सडक अवरुद्ध
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment