२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता !

१३ बैशाख २०७६, शुक्रबार ०९:५८

वैशाख  १३, डोटी | कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका  जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो । 

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उहाँले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको हो । नातिनातिनाले नागरिकता पाए पनि उहाँले नागरिकता लिन जिल्ला सदरमुकाम सिलगढीसम्म जान नसक्दा अहिलेसम्म नागरिकता पाउनुभएको थिएन । एकीकृत घुम्ती शिविरले घरैमा नागरिकता दिएपछि खुशी हुनुभएका खत्रीले भन्नुभयो, “अरु कुरो त छोडौँ नागरिकता नपाएरै मर्छु भन्ने सोचेको थिएँ, नागरिकता घरैमा दिए दिनेलाई धन्यवाद ।”

नागरिकता पाएसँगै खत्रीले अब सामाजिक सुरक्षाभत्ता अर्थात् वृद्धभत्ता पनि सहजै पाउनु हुनेभएको छ । नागरिकता नभएर भत्ता नपाउँदा आफ्नो जीवन निर्वाह गर्न निकै समस्या भएको बताउँदै खत्रीले भन्नुभयो, “नागरिकता पाएँ, अब मर्ने बेला सरकारको पैसा पनि खान पाउने भएँ, योभन्दा अरु खुशी के नै होला र ?” खत्रीले घरैमा नागरिकता पाएसँगै उहाँको परिवारमा पनि खुशियाली छाएको छ । 

उक्त गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमा ४७५ महिला र ३५३ पुरुष गरी ८२७  अन्य नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता लिनका लागि जिल्लासम्म आउन नसक्ने अवस्थाका सो गाउँपालिकाका केही स्थानीय बूढापाका घरैमा नागरिकता पाएसँगै हर्षितसमेत भएका छन् । 

जनताको घरदैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी तथा शिविरका संयोजक टेकनारायण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्षरूपमा सेवा पुगोस् भनेर हामीले घुम्ती शिविर सञ्चालन गर्दै आएका छौँ, नागरिकले पनि घरैमा सेवा पाएर सरकार भएको अनुभूति गर्न थालेका छन् ।” 

गाउँपालिकामा मङ्गलबारदेखि सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा जिल्लामै सबैभन्दा बढी अर्थात् ठूलो परिमाणमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुका साथै अन्य सेवा पनि उपलब्ध गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालन भएका शिविरमध्ये हाम्रो गाउँपालिकामा सबैभन्दा बढी नागरिकले नागरिकता पाएका छन्, यो आफैँमा राम्रो पक्ष हो ।” 

जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारीअनुसार शिविरमा ८२७ ले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, ६९ को स्वास्थ्योपचार तथा चेकजाँच, ६२ जनाले आयुर्वेद सेवा, १३३ ले पशुसेवा, ६० ले कृषि सेवा पाएका छन् । 

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच सहकार्य गरेर डोटीमा पहिलोपटक बोगटान गाउँपालिकाबाट शुरु गरिएको एकीकृत घुम्ती शिविर क्रमशः सायल गाउँपालिका, आदर्श गाउँपालिका हुँदै चौथो स्थानीय तहको रुपमा जोरायल गाउँपालिकामा सञ्चालन गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य