२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले विवादास्पद भिषा प्रणालीलाई अन्त्य गर्ने

१३ बैशाख २०७६, शुक्रबार १९:१७

वैशाख १४, दोहा | कतारले विवादास्पद बहिर्गमन भिषा प्रणालीलाई यसै बर्षको अन्त्यसम्ममा सुधार गर्न सहमत भएको छ। यसबारे संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आइएलओ) ले शुक्रबार जानकारी गराएको हो।

कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्नका लागि चयन भएपछि यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नका लागि विदेशी कामदारलाई थप समय राख्न श्रृङ्खलावद्ध रूपमा श्रम कानूनमा परिवर्तन गरेको थियो।

“गत बर्ष विदेशी कामदारको वहिर्गमन भिषा रद्द गरेको थियो र यो सम्वद्ध समूहका कामदारका लागी यस बर्ष पनि लागू हुने गरी थप गरेको थियो,” आइएलओको दोहास्थित श्रमिक निकायका आयोजनाका प्रमुख हौटन होमयोनपुरले एएफपीलाई बताए।

सन् २०१८ को सेप्टेम्बरमा विवादित ‘काफला’ भनिने प्रायोजन प्रणालीलाई अनुमोदन गरेको थियो। यसले आइएलओ सन्धि अनुसार श्रमिकको अधिकारको हनन गरेको भन्दै विश्वका श्रमिक संगठनबाट विरोध भएको थियो।

विवादास्पद ‘काफला’ प्रणालीले देश छोड्नका लागि विदेशी कामदारले सम्वन्धित रोजगारदातासँग देश छोड्नुपूर्व अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो।

होमायोनपुरले भने, “यो बर्ष विदेशी कामदारको वहिर्गमन भिषा प्रणालीबारे सुधार हुने विशेष बर्षका रूपमा रहने र यो सन् २०१९ को अन्त्यसम्ममा औपचारिक खारेजीमा जानेछ।”

सन् २०२२ मा विश्व कप आयोजना गर्ने जिम्मा पाएको मुलुक कतारमा श्रम कानूनको उल्लङ्घन भएको एम्नेष्टी इनटरनेशनलको प्रतिवेदनपछि गत फेबु्रअरीमा कतारले आफू श्रम कानून सुधारका लागि प्रतिवद्ध रहेको जनाएको थियो।

दोहाले मानव अधिकार समूहको दवावपछि श्रमकानूनमा दीर्घकालीनरूपमा परिवर्तनका लागि अग्रसर रहेको बताउँदै आएको छ।

आइएलओ कानून अनुसार कतारले प्रतिमहिना न्यूनतम २०६ अमेरिकी डलर दिने लगायतक श्रम कानूनमा परिवर्तन गर्नुपर्ने बुँदालाई सुधारसहित अघि बढ्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान