2026-09-04 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिमुखिकरण तालिमको पाठ्यक्रममा आवश्यक सुधार गर्न व्यवसायी संघको माग

बैशाख १६, काठमाडौं। नेपाल बैदेशिक रोजगार व्यवसायी संघले विदेश जानेहरुका लागि दिइने अभिमुखिकरण तालिम पाठ्यक्रममा आवश्यक सुधार गर्न बैदेशिक रोजगार बोर्डलाई सुझाव पेश गरेको छ । बोर्डले परिमार्जन गर्न लागेको अभिमुखिकरण पाठ्यक्रममा कामदारका कारण आउने समस्या सम्बोधन हुनेगरी विषयवस्तु समावेश गर्न संघले माग गरेको हो।

हाल रोजगारदाता कम्पनीमा पुगेपछि करार पुरा हुनु अगावै व्यक्तिगत कारण स्वदेश फर्कन चाहने श्रमीकको कारण रोजगारदाता कम्पनी र बैदेशिक रोजगार व्यवसायीले अनावश्यक समस्या र आरोप खेप्नु परेको संघले जनाएको छ । तोकिएको काम, तलब, सेवा सुबिधा प्राप्त गर्दा समेत व्यक्तिगत कारण करार अवधि अगावै कम्पनी छोडि स्वदेश फिर्ता हुन चाहने कामदारले  रोजगारदाता कम्पनीलाई तोकिएको शुल्क क्षतिपुर्ति दिई स्वदेश फिर्ता हुनुपर्ने बिषय पाठ्यक्रममा समाबेश गर्न सुझाव दिएको छ।

साउदी अरब लगायत खाडी राष्ट्रहरुबाट कामदार नेपाल फर्किंदा भिषा शुल्क ८ हजार रियल, रेजिडेन्ट परमिट हवाई टिकट आतेजाते करिब ३ हजार रियल रोजगारदाताको खर्च हुने गरेको  संघले जनाएको छ ।

त्यस्तै मलेशियाको लागि लेबि शुल्क कार्यक्षेत्र अनुसार १२०० देखि १८०० रिङगेट रोजगारदाताको खर्च हुने गरेको संघले जनाएको छ। युरोपका रोमानिया, पोल्याण्ड, साइप्रस, माल्टा, टर्कि, चेक रिपब्लिक लगायत देशका लागि भिषा खर्च १ हजार देखि १५ सय युरो सम्म खर्च हुने गरेको संघले जनाएको छ । मकाउ, जापान, हङकङको लागि भिषा खर्च १ हजार देखि १५ सय अमेरिकी डलर सम्म रोजगारदाताको खर्च हुने गरेको संघले जनाएको छ ।

नेपालबाट प्रस्थान गर्दा जुन कम्पनी वा ग्रुप अफ कम्पनीको लागी श्रम स्वीकृति लिएको छ सोही कम्पनीमा काम गर्ने, कम्पनी परिर्वतन गर्न चाहेमा शुरुमा काम गरेको कम्पनीको सहमतिमा कम्पनी परिर्वतन गर्ने बिषय पाठ्यक्रममा समाबेश गर्न  संघले सुझाव दिएको छ।

बैदेशिक रोजगारमा जाने श्रमिकलाई सम्वन्धित मुलुकको श्रम ऐन नियम कानुन सम्बन्धि जानकारी गराउंदा रोजगारदाता कम्पनी छोडी अन्यत्र भागी, लुकीछिपी काम गर्ने कार्य गर्दा प्रहरी प्रशासनबाट धरपकड हुने, पहिलाको कम्पनीले चोरी जस्ता आरोप लगाई प्रहरीमा उजुरी दर्ता गराउने कारण पछि स्वदेश फर्कदा ठुलो समस्यामा आउने गरेको भन्दै यो विषय पाठ्यक्रममै राख्न संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै