२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लुम्विनी भ्रमण गर्न कर्णाली बासीलाई निम्तो

२०७६, १६ बैशाख सोमबार १४:५७

बैशाख १६, सुर्खेत । ५ नम्बर प्रदेश सरकारले कर्णाली प्रदेशबासीलाई लुम्बिनी घुम्ने निम्तो दिएको छ । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका ५ नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको र घुम्न आउन निम्तो दिएको हो । सोमबार लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचार–प्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै लुम्विनी घुम्न निम्तो छोडेको हो ।


समितिले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढामार्फत कर्णालीबासीलाई निम्तो दिएको हो । ५ नम्बर प्रदेश सरकारकोतर्फबाट भ्रमणको निम्तो लिएर कर्णाली आएको प्रचार–प्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशबासीमा निमन्त्रणा सन्देश पु¥याउन अनुरोध गरे । लुम्बिनी भ्रमणको निम्तो ग्रहण गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि कर्णाली प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताए ।

‘आन्तरिक र बाह्य पर्यटक भित्राउनका लागि कर्णाली प्रदेश सरकारले पूर्ण रुपमा साथ दिनेछ, उनले भने, ‘म पनि समय मिलाएर लुम्बिनी घुम्न आउनेछु, लुम्बिनीको बारेमा धेरै जानकारी लिनुपर्नेछ ।’ मन्त्री बुुढाले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाइरहेको भन्दै लुम्बिनी र बौद्धस्थलहरुसँग जोडेर कर्णाली प्रदेशका काँक्रेविहारलगायत बौद्धस्थलहरुको प्रवद्र्धनका लागि कर्णाली प्रदेश सरकारले कार्यक्रम ल्याउने बताए ।

कर्णाली रारा भ्रमण वर्ष मनाएर धेरै कुरा सिक्ने मौका पाएको भन्दै उनले आगामी दिनमा कर्णालीमा पर्यटक आगमन बृद्धि भएको र आगामी दिनमा प्रवद्र्धनात्मक कार्यक्रमका साथसाथै भौतिक पूर्वाधार विकासमा समेत जोड दिने बताए । मन्त्री बुढाले कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको अभिलेख र तथ्याङ्क संकलनलाई व्यवस्थित गर्नेमा जोड दिँदै छिट्टै नै कर्णालीका १ सय १ वटा पर्यटकीय स्थलहरु घोषणा गर्ने र ती स्थलहरुको भौतिक पूर्वाधार र प्रवद्र्धनको कार्यक्रम थाल्ने बताए ।


कर्णाली प्रदेशमा बौद्ध गुम्बा र पर्यटकीय स्थलहरु रहेको भन्दै मन्त्री बुढाले लुम्बिनीसँग जोडेर प्रचार प्रसार गर्ने र पर्यटक आगमनलाई वृद्धि गर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रचार प्रसार सचिवालय सदस्य प्रदीप आचार्यले लुम्बिनी घुम्न आएर कम्तीमा ३ दिन बिताउन अनुरोध गरे । ‘कर्णाली प्रदेशका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आएका पर्यटकलाई कर्णाली प्रदेशका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो’ आचार्यले भने ।

लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोंचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिए । कार्यक्रममा बोल्दै पत्रकारहरु गणेश ओली, श्रीधर पौडेल, दीपक जैसी, धर्मराज जिसी, पुरुषोत्तम सापकोटा, खगेन्द्र अधिकारी, सुरजकुमार सिंहलगायतले बोल्दै लुम्बिनी आउने पर्यटकलाई काक्रेबिहार क्षेत्र, रारा ताल, सेफोक्सुण्डो ताल, दहहरु, दैलेख, सिंजा र अरु पर्यटकीय स्थलमा पर्यटक आउने गरी समन्वयकारी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै