२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लुम्विनी भ्रमण गर्न कर्णाली बासीलाई निम्तो

१६ बैशाख २०७६, सोमबार १४:५७

बैशाख १६, सुर्खेत । ५ नम्बर प्रदेश सरकारले कर्णाली प्रदेशबासीलाई लुम्बिनी घुम्ने निम्तो दिएको छ । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका ५ नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको र घुम्न आउन निम्तो दिएको हो । सोमबार लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचार–प्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै लुम्विनी घुम्न निम्तो छोडेको हो ।


समितिले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढामार्फत कर्णालीबासीलाई निम्तो दिएको हो । ५ नम्बर प्रदेश सरकारकोतर्फबाट भ्रमणको निम्तो लिएर कर्णाली आएको प्रचार–प्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशबासीमा निमन्त्रणा सन्देश पु¥याउन अनुरोध गरे । लुम्बिनी भ्रमणको निम्तो ग्रहण गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि कर्णाली प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताए ।

‘आन्तरिक र बाह्य पर्यटक भित्राउनका लागि कर्णाली प्रदेश सरकारले पूर्ण रुपमा साथ दिनेछ, उनले भने, ‘म पनि समय मिलाएर लुम्बिनी घुम्न आउनेछु, लुम्बिनीको बारेमा धेरै जानकारी लिनुपर्नेछ ।’ मन्त्री बुुढाले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाइरहेको भन्दै लुम्बिनी र बौद्धस्थलहरुसँग जोडेर कर्णाली प्रदेशका काँक्रेविहारलगायत बौद्धस्थलहरुको प्रवद्र्धनका लागि कर्णाली प्रदेश सरकारले कार्यक्रम ल्याउने बताए ।

कर्णाली रारा भ्रमण वर्ष मनाएर धेरै कुरा सिक्ने मौका पाएको भन्दै उनले आगामी दिनमा कर्णालीमा पर्यटक आगमन बृद्धि भएको र आगामी दिनमा प्रवद्र्धनात्मक कार्यक्रमका साथसाथै भौतिक पूर्वाधार विकासमा समेत जोड दिने बताए । मन्त्री बुढाले कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको अभिलेख र तथ्याङ्क संकलनलाई व्यवस्थित गर्नेमा जोड दिँदै छिट्टै नै कर्णालीका १ सय १ वटा पर्यटकीय स्थलहरु घोषणा गर्ने र ती स्थलहरुको भौतिक पूर्वाधार र प्रवद्र्धनको कार्यक्रम थाल्ने बताए ।


कर्णाली प्रदेशमा बौद्ध गुम्बा र पर्यटकीय स्थलहरु रहेको भन्दै मन्त्री बुढाले लुम्बिनीसँग जोडेर प्रचार प्रसार गर्ने र पर्यटक आगमनलाई वृद्धि गर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रचार प्रसार सचिवालय सदस्य प्रदीप आचार्यले लुम्बिनी घुम्न आएर कम्तीमा ३ दिन बिताउन अनुरोध गरे । ‘कर्णाली प्रदेशका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आएका पर्यटकलाई कर्णाली प्रदेशका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियानको थालनी भएको हो’ आचार्यले भने ।

लुम्बिनीमा पर्यटक आगमनलाई बढाउने र बसाई लम्बाउने सोंचका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिए । कार्यक्रममा बोल्दै पत्रकारहरु गणेश ओली, श्रीधर पौडेल, दीपक जैसी, धर्मराज जिसी, पुरुषोत्तम सापकोटा, खगेन्द्र अधिकारी, सुरजकुमार सिंहलगायतले बोल्दै लुम्बिनी आउने पर्यटकलाई काक्रेबिहार क्षेत्र, रारा ताल, सेफोक्सुण्डो ताल, दहहरु, दैलेख, सिंजा र अरु पर्यटकीय स्थलमा पर्यटक आउने गरी समन्वयकारी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की