वैशाख १७, काठमाडौँ | विभिन्न १० म्यानपावर संस्थाहरु खारेजीमा परेका छन् । मिति २०७५ फागुन १५ को निर्णयले ति म्यानपावर संस्थाहरु खारेज गरिएको बारेमा बैदेशिक रोजगार बिभागले आज जानकारी दिएको छ ।
बिभाग स्रोतका अनुसार बैदेशिक रोजगार ऐन २०६४ को दफा १२ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ८ बमोजिमको प्रक्रिया पूरा नगरेको कारण बैदेशिक रोजगार ऐन २०६४ ओ दफा १३ (१) बमोजिम रद्द गर्नु परेको उल्लेख छ । बिभागले गत २०७५ फागुन १५ मै ति संस्थाहरु खारेज गर्ने निर्णय भएको जानकारी दिएको छ ।
बैदेशिक रोजगार ऐन दफा १२ अनुसार इजाजत पत्रको अवधि र नविकरण सम्बन्धि केहि नियमहरु उल्लेख छन् खारेज भएका म्यानपावरहरुले ऐन अनुसार नीतिहरु नमानेको कारण खारेजीमा परेको देखिएको छ ।
१. इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी (इजाजत न. २४९)
२. स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि (इजाजत न. ३६२)
३. ध्वनी इन्टरनेशनल प्रालि (इजाजत न. ४४०)
४. पथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस (इजाजत न. ६०७)
५. प्रिसाइस इन्टरनेशनल प्रालि (इजाजत न. ९१९)
६. इनोभेटिभ सर्भिसेज प्रालि (इजाजत न. ९७८)
७. रि क्रियशन इन्टरनेशनल प्रालि (इजाजत न. १०४१)
८. प्रसिद्ध ओभरसिज प्रालि (इजाजत न. १०४६)
९. वर्ल्ड फर्स्ट जब प्लेसमेन्ट प्रालि (इजाजत न. १५००)
१०. निजम ओभरसिज प्रालि (इजाजत न. १५१६)
