२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्सुर म्यानपावरद्वारा ठगि, कारवाही गर्न विभागको आनाकानी

१७ बैशाख २०७६, मंगलवार १६:५१

मनोज पराजुली | वैशाख १७, काठमाडौं । बैदेशिक रोजगारीको लागि कामदारबाट ठगि गरेको आरोप लागेको म्यानपावरमा अनुगमन गर्न बैदेशिक रोजगार विभागले अटेर गरेको छ । सेसेल्समा पठाउने भन्दै प्रतिव्यक्ति ४० हजार देखि १ लाखसम्म अग्रिम रकम लिएर कामदारलाई ठगि गरिरहेको मन्सुर म्यानपावर प्रा. लिमा अनुगमन गर्न विभागले आनाकानी गरेको हो ।

यसअघी बैदेशिक रोजगार विभागमा उजुरी परेपछि सम्बन्धित म्यानपावर कम्पनीमा स्थलगत अनुगमन गरि आवश्यक डकुमेन्ट नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढ्ने गर्दथ्यो तर आज उजुरी परेपछि पनि कर्मचारी अभाव भएको भन्दै कामदारको गुनासो सुनुवाइमा गम्भीर नहुनु शंकाको विषय बनेको छ । 

उक्त म्यानपावरले गैरकानुनी रुपमा रकम लिइरहेको विषयमा एक पीडितले साझा सबाल मिडियासँग गुनासो गरेका थिए । उक्त गुनासो विभागमा निवेदनका रुपमा पुगेपनि आवश्यक कर्मचारी नभएको भन्दै तत्काल केहि नहुने हेरम्ला भन्दै फाइल थन्किएको छ । तर पीडितको गुनासो बारे पुर्व जानकारी पाएका विभागका महानिर्देशक भीष्म कुमार भुसालले आवश्यक कारवाही अगाडी बढाउने आश्वशन दिएका थिए तर सो अनुरुप मंगलबार काम हुन सकेन ।

मन्सुर म्यानपावरले श्रम कार्यालय ताहाचलबाट डिमाण्डको  पुर्व स्वीकृति नलिई विज्ञापन प्रकाशन गर्ने गरेको समेत पाइएको छ । उक्त म्यानपावरले देशको लागि कुनै पुर्व स्वीकृति लिएको छैन । श्रम कार्यालय ताहाचलका एक अधिकारीले भने "पुर्व स्वीकृति बिना डिमाण्ड बिज्ञापन गरेर कामदारबाट पैसा लिनु गैरकानुनी हो ।" 


आकर्षक तलब सहित सेवा सुविधा हुने भन्दै आश्वासन देखाएर अग्रिम पैसा लिएको छ एक पीडित सझासबाललाई भने "शुरुमा १५ दिनमा भिषा आउँछ भनेको थियो तर ५ महिना भइसक्यो  कुनै जानकारी दिएको छैन ।" शुरुमा ४० हजार लिएको छ भिषा आएपछि ३ लाख ५० हजार मागेको छ ति पीडितले भने "सोहि कामका लागि म्यानपावरले २० भन्दा बढी व्यक्तिसंग पनि प्रति व्यक्ति ५० हजार देखि ३ लाख ५० हजार हजारसम्म लिएको छ ।" 

श्रम कार्यालयबाट डिमाण्ड पुर्व स्वीकृति बिना काम गर्नु गैरकानुनी हो । तर उक्त म्यानपावरले संस्थागत नभई व्यक्तिगत श्रम स्वीकृति निकालेर कामदार पठाएको हुनसक्छ ति पीडितले भने । ५ महिनासम्म काम नभएपछि तिरेको रकम फिर्ताको माग गर्दा भोलि-भोलि भन्दै झुलाउने गरेको पीडितले बताए । देश नभए सरकारले कामदार पठाउन रोक्का गरेको लिविया देश अबैध रुपमा पठाइदिने भनेको पीडितले बताए । कामदार ठगी भइरहेको विषयमा म्यानपावर संचालक सम मन्सुरसंग जानकारी माग गर्दा त्यस्तो कुनै काम नभएको साथै कसैसंग रकम नलिएको दावी गरे । कहाँ के आयो अफिस आउनुस बसेर मिलाउंला भन्दै थप जानकारी दिएनन् । 

पैसा ठगिएपछि तपाईहरु मार्फत सरकारबाट सहयोगको अपेक्षा गरेको छु यस अघि पीडितले साझा सवाललाई भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य