2026-06-19 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्सुर म्यानपावरद्वारा ठगि, कारवाही गर्न विभागको आनाकानी

मनोज पराजुली | वैशाख १७, काठमाडौं । बैदेशिक रोजगारीको लागि कामदारबाट ठगि गरेको आरोप लागेको म्यानपावरमा अनुगमन गर्न बैदेशिक रोजगार विभागले अटेर गरेको छ । सेसेल्समा पठाउने भन्दै प्रतिव्यक्ति ४० हजार देखि १ लाखसम्म अग्रिम रकम लिएर कामदारलाई ठगि गरिरहेको मन्सुर म्यानपावर प्रा. लिमा अनुगमन गर्न विभागले आनाकानी गरेको हो ।

यसअघी बैदेशिक रोजगार विभागमा उजुरी परेपछि सम्बन्धित म्यानपावर कम्पनीमा स्थलगत अनुगमन गरि आवश्यक डकुमेन्ट नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढ्ने गर्दथ्यो तर आज उजुरी परेपछि पनि कर्मचारी अभाव भएको भन्दै कामदारको गुनासो सुनुवाइमा गम्भीर नहुनु शंकाको विषय बनेको छ । 

उक्त म्यानपावरले गैरकानुनी रुपमा रकम लिइरहेको विषयमा एक पीडितले साझा सबाल मिडियासँग गुनासो गरेका थिए । उक्त गुनासो विभागमा निवेदनका रुपमा पुगेपनि आवश्यक कर्मचारी नभएको भन्दै तत्काल केहि नहुने हेरम्ला भन्दै फाइल थन्किएको छ । तर पीडितको गुनासो बारे पुर्व जानकारी पाएका विभागका महानिर्देशक भीष्म कुमार भुसालले आवश्यक कारवाही अगाडी बढाउने आश्वशन दिएका थिए तर सो अनुरुप मंगलबार काम हुन सकेन ।

मन्सुर म्यानपावरले श्रम कार्यालय ताहाचलबाट डिमाण्डको  पुर्व स्वीकृति नलिई विज्ञापन प्रकाशन गर्ने गरेको समेत पाइएको छ । उक्त म्यानपावरले देशको लागि कुनै पुर्व स्वीकृति लिएको छैन । श्रम कार्यालय ताहाचलका एक अधिकारीले भने "पुर्व स्वीकृति बिना डिमाण्ड बिज्ञापन गरेर कामदारबाट पैसा लिनु गैरकानुनी हो ।" 


आकर्षक तलब सहित सेवा सुविधा हुने भन्दै आश्वासन देखाएर अग्रिम पैसा लिएको छ एक पीडित सझासबाललाई भने "शुरुमा १५ दिनमा भिषा आउँछ भनेको थियो तर ५ महिना भइसक्यो  कुनै जानकारी दिएको छैन ।" शुरुमा ४० हजार लिएको छ भिषा आएपछि ३ लाख ५० हजार मागेको छ ति पीडितले भने "सोहि कामका लागि म्यानपावरले २० भन्दा बढी व्यक्तिसंग पनि प्रति व्यक्ति ५० हजार देखि ३ लाख ५० हजार हजारसम्म लिएको छ ।" 

श्रम कार्यालयबाट डिमाण्ड पुर्व स्वीकृति बिना काम गर्नु गैरकानुनी हो । तर उक्त म्यानपावरले संस्थागत नभई व्यक्तिगत श्रम स्वीकृति निकालेर कामदार पठाएको हुनसक्छ ति पीडितले भने । ५ महिनासम्म काम नभएपछि तिरेको रकम फिर्ताको माग गर्दा भोलि-भोलि भन्दै झुलाउने गरेको पीडितले बताए । देश नभए सरकारले कामदार पठाउन रोक्का गरेको लिविया देश अबैध रुपमा पठाइदिने भनेको पीडितले बताए । कामदार ठगी भइरहेको विषयमा म्यानपावर संचालक सम मन्सुरसंग जानकारी माग गर्दा त्यस्तो कुनै काम नभएको साथै कसैसंग रकम नलिएको दावी गरे । कहाँ के आयो अफिस आउनुस बसेर मिलाउंला भन्दै थप जानकारी दिएनन् । 

पैसा ठगिएपछि तपाईहरु मार्फत सरकारबाट सहयोगको अपेक्षा गरेको छु यस अघि पीडितले साझा सवाललाई भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन