2026-06-28 08:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णाली प्रिमियर लिग: चार समूह सेमिफाइनलमा

2019-05-01

बैशाख १८, सुर्खेत । कर्णाली प्रिमियर लिग दोस्रो श्रृखलामा चार समूह सेमीफाईनलमा प्रवेश गरेका छन् । बुधबार भएको लिग चरणको अन्तिम खेलमा समूह बीमा रहेको शसस्त्र प्रहरीको एपिएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई हराउँदै समूह विजेता बने पछि सेमिफाइनलमा पुग्ने समूहको टुङ्गो लागेको हो । यसअघि समूह एबाट घरेलु टोली कर्णाली– ११ समुह विजेता र  आर्मी क्लव उपविजेताको रुपमा सेमिफाईनल पुगेका छन् । समूह बिबाट न्यू होईजन बुटवलले सेमिफाइनल यात्रा तय गरी सकेको थियो ।  


बुधबार भएको लिग चरणको अन्तिम खेलमा समूह बीमा रहेको शसस्त्र प्रहरीको एपिएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले हराएको छ । जित्नै पर्ने दबाब रहेको महेन्द्रनगर यो हारसंगै समूह चरणबाटै बाहिरिएको छ भने न्यू होराईजन बुटवल उपविजेता बन्दै सेमीफाईनल यात्रा तय गर्न सफल भएको छ ।

एपीएफबाट १४४ रनको लक्ष्य पाएको महेन्द्रनगरले निर्धारित २० ‌ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । महेन्द्रनगरका सन्तोष भट्टले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेप पनि टोलीको हार टार्न भने सकेनन् । तीन विकेट लिएका भट्टले ३५ बलमा तीन छक्का र चार चौंका सहित ५० रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

महेन्द्रनगरका हेमन्त कार्कीले ३० रन जोड्दा एपीएफका कमलसिंह ऐरीले तीन तथा भुवन कार्कीले दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको बिभागीय टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफकालागि सुमित मर्हजनले सर्वाधिक २६ र भुवन कार्कीले २० बनाए पनि अरुले खेल्न सकेनन् ।

महेन्द्रनगरका आकाश चन्द र सन्तोष भट्टले उत्कृष्ट बलिङ गर्दै समान तीन तीन विकेट हात पारे । समान चार ओभमा चन्दले १९ र भट्टले २० रन मात्र खर्चेर तीन तीन विकेट हात पारेका थिए । समूह एबाट घरेलु टोली कर्णाली– ११ समुह विजेता र  आर्मी क्लव उपविजेताको रुपमा सेमिफाईनल पुगेका छन् । शुक्रबार (भोली) हुने पहिलो सेमीफाईनलमा समूह एको बिजेता आयोजक कर्णाली–११ र समूह बीको उपविजेता न्यू होईजन बुटवल भिड्ने छन् । दोस्रो सेमीफाईनलमा समूह बीको विजेता एपीएफ र समूह ए को उपविजेता आर्मी आमने सामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी