Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुल्मीमा वडा अध्यक्षद्धारा आफ्नो तलबभत्ताबाट सुत्केरी पोषण भत्ता सुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल पौडेल | वैशाख १९, बागलुङ | गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदिका वडा अध्यक्ष खड्क वहादुर खड्काले आफ्नो तलव भत्तावाट सुत्केरी आमाहरुलाई पोषण खर्च उपलब्ध गराउन सुरु गर्नुभएको छ । आफ्नो कार्यकालभर बडा भित्रका प्रति सुत्केरी महिला १ हजार पोषण खर्च उपलब्ध गराउने वडा अध्यक्ष खड्काले वताउनुभयो ।

पोषण खर्च कुर्घा स्वास्थ्य चौकीवाट उपलब्ध गराइने जसको लागी १० हजार रुपैया पेश्की स्वरुप प्राप्त भैसकेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिवि जिसिले जानकारी दिनुभएको छ । वडा अध्यक्ष खड्काले गरिविबाट पिल्सीएका परिवारमा राहत होस् भनेर सुत्केरी पोषण कार्यक्रम सुरु गरेको बताउनु भएको छ ।

खड्काले तलव भत्ता सामाजिक क्षेत्रमै खर्च गर्ने चुनावी वाचा पुरा गर्ने र आवश्यकताका आधारमा थप कार्यक्रम पनि संचालन गर्ने बताउनु भएको छ। खड्काको कामले घरमै सुत्केरी गराउने संख्यालाई जिरो बनाउन सहयोग पुग्ने मुनपा स्वास्थ्य शाखा प्रमुख जिसिले बताउनु भएको छ ।

मुसिकोट नगरपालिकाले मातृशिसु मृत्यू शुन्य गराउन नगरपालिका भर गर्ववती र सुत्केरी महिलाको लागि ६ ओटा एम्बुलेन्स मार्फत निशुल्क सेवा सञ्चालन गरेको छ।