२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन तीन म्यानपावरमा छापा, मन्सुरका संचालकलाई २४ घन्टे पुर्जी (भिडियो सहित)

१९ बैशाख २०७६, बिहीबार १७:४४

मनोज पराजुली | वैशाख १९, काठमाडौं । बैदेशिक रोजगार विभागले एकै दिन तीन म्यानपावर कम्पनीमा छापा हानेको छ । विहिबार एएरपोर्ट स्थित म्यानपावर बजारमा रहेको मन्सुर म्यानपावर प्रा. लि , सामाखुसीमा रहेका बि.एस ओभरसिज प्रा. लि र स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लि मा विभागले छापा हानेको हो । 


विभागमा डा. भीष्म कुमार भुसाल महानिर्देशकमा हाजिर भएपछि एकै दिन तीन म्यानपावरमा पहिलो पटक छापा हानिएको हो । मन्सुर म्यानपावरले सेसेल्समा पठाउने भन्दै प्रतिव्यक्ति ४० हजार देखि १ लाखसम्म अग्रिम रकम लिएर कामदारलाई ठगि गरिरहेको उजुरी परेपछि विभागले विहिबार म्यानपावरमा छापा हानेको हो । मन्सुर म्यानपावरले श्रम कार्यालय ताहाचलबाट युरोपको सेसेल्स डिमाण्डको  पुर्व स्वीकृति नलिई विज्ञापन प्रकाशन गर्ने गरेको समेत पाइएको छ ।   


मंगलबार सो म्यानपावरले ठगि गरिरहेको विषयमा साझा सबाल मिडियाले 'मन्सुर म्यानपावरद्वारा ठगि, कारवाही गर्न विभागको आनाकानी' शिर्षकमा समाचार प्रकाशन गरेको थियो।  सो पश्च्यात पीडितलाई न्याय दिलाउनै पर्ने दवाबमा परेको विभागले आज म्यानपावरमा छापा मारेर आवश्यक अनुसन्धान गरेको हो । 

विभाग टोली म्यानपावर कम्पनीमा पुग्दा कर्मचारी मात्र भेटिएका थिए । विहान कार्यालय गएका सो कम्पनीका संचालक सईम मन्सुर पीडितहरु तिरेको पैसा फिर्ता लिन कम्पनीमा आउन थालेपछि आवश्यक कागजात राख्ने आफ्नो कोठा बन्द गरि साँचो लिएर  हिंडेको कर्मचारीले बताएका छन्  । विभाग टोलीले पुर्व र अन्तिम स्वीकृतिका फाइल तथा पासपोर्टहरुको अध्ययन गरेको थियो । अनुसन्धानकै क्रममा ३० वटा पासपोर्ट लिएर एक जना एजेन्ट म्यानपावरका संचालक कुर्दै थिए । उनले प्रति पासपोर्ट २/३ हजार पाउने भएकोले आफूले म्यानपावरमा पासपोर्ट बुझाउन ल्याएको खुलाशा गरे । 


विभाग टोलीले २ घन्टासम्म म्यानपावर कार्यालयमा संचालकलाई कुरेर बसेको थियो तर संचालकले लिने गरेका २ वटै मोबाइल नम्बर स्विच अफ तथा एउटा नम्बरमा कल रिसिभ नगरी मन्सुरले विभाग टोलीलाई असयोग गरेका थिए । विभाग टोलीले म्यानपावर संचालक कार्यालयमा नआएपछि शुक्रबार बिहान १० बजे विभाग कार्यालयमा आवश्यक डकुमेन्ट सहित अनिवार्य २४ घण्टाभीत्र हाजिर हुन पुर्जी काटेको छ। 

स्थलगत भिडियो

 

त्यस्तै गरि विभाग टोलीले सामाखुसीमा रहेका बि.एस ओभरसिज प्रा. लि र स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लि मा समेत छापा हानेको छ । बि. एस ओभरसिजले मलेसियाको लागि नयाँ डिमाण्ड आएको भन्दै कामदारहरु छनौट गर्न अन्तर्वार्ता लिएको उजुरी विभागमा परेपछि म्यानपावरमा छापा हानेको हो । विभाग टोलि कार्यालयमा पुग्दा म्यानपावर संचालक भिम बहादुर सापकोटा कार्यालय परिसरमा नै थिए । तर उनको म्यानपावर बन्द थियो । 

मलेसियाको नयाँ डिमाण्डमा आफूहरुले अन्तर्वार्ता नलिएको बिएस ओभरसिज प्रा.लि.का संचालक सापकोटाले दावी गरे । उनले पछिल्लो ८ महिनादेखि आफ्नो म्यानपावर कम्पनी बन्द रहेको भन्दै मलेसियाको कलिङ भिषाका १/२ जनाको मात्र काम गरेको बताए । उनले आफूनै संचालक रहेको अर्को म्यानपावर स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लिलाई मर्ज गर्न बिएस ओभरसिजसँगै सारेको बताए । उनले आफ्नो म्यानपावर सरकारको नीति अनरुपनै संचालनमा रहेको दावी गरेका छन् ।  

विभाग टोलीले बिएस ओभरसिजसँग श्रम कार्यालयबाट लिएका डिमाण्डको पुर्व र अन्तिम स्वीकृतिका फाइल तथा पासपोर्ट देखाउन आग्रह गरेको थियो तर म्यानपावर कार्यालयका साचो कर्मचारीसँग भएको म्यानपावर संचालकले बताएका थिए । बिभागको टोलीले वि. एस परिसरमा कम्पाउण्डमा नै रहेको स्किलजोन कन्सल्टेन्सी नेपालको पनि फाइल अध्ययन् गरेको थियो । बिभागले आवश्यक ठानेको डकुमेन्ट उपलब्ध नगराएपछि शुक्रबार आवश्यक विवरणसहित विभागमा हाजिर हुन म्यानपावरलाई निर्देशन दिएको छ ।

यसअघि विभागमा उजुरी परेपछि सम्बन्धित म्यानपावर कम्पनीमा स्थलगत अनुगमन गरि आवश्यक डकुमेन्ट नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढ्ने गर्दथ्यो तर विहिबार विभाग टोलीले म्यानपावरको असहयोगका कारण कुनै पनि डकुमेन्ट नियन्त्रणमा लिन सकेन । विहिबारको छापा मारेपछि सम्बन्धित म्यानपावर कम्पनीहरुलाई बिभागले थप अनुसन्धान गरे बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान