२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन हुने

२० बैशाख २०७६, शुक्रबार १४:२३

वैशाख २०, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सङ्घीय संसद् (राष्ट्रिय सभा÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै आगामी आवदेखि सबै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याउने बताउनुभएको हो । ठूला सार्वजनिक सवारीसाधन सञ्चालनलाई प्रोत्साहित गरिने तथा वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखी विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरिने नीति ल्याएको छ । 

काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रमुख शहर तथा  आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा आगामी आवदेखि विद्युतीय बस सेवा सञ्चालनमा ल्याइनेछ । विद्युतीय सवारीसाधनको प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन स्थापना गरिनेछ । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्यपछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गर्ने भएको छ । सार्वजनिक यातायातका साधनमा यात्रा कार्डको व्यवस्था गरिनेछ सार्वजनिक यातायातलाई तोकिएको समयमा गन्तव्यमा पुग्ने व्यवस्था गर्ने नीति पनि सरकारले लिने भएको छ । हाल सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रुलाई दुःख दिने गरेका छन् । सवारीसाधन चढ्न यात्रुले घण्टौँ सडकमा कुर्ने गरेका छन् । सरकारले लामो समयदेखि उपत्यकामा विद्युतीय बसको आवश्यकता ठहर गर्दै बस सञ्चालनमा ल्याउने तयारी गरेको थियो । 

त्यसैगरी सरकारले उपत्यकामा हरियाली प्रवद्र्धन र स्वच्छ वातावरण निर्माणका लागि स्वच्छ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आवलाई वृक्षरोपण वर्ष घोषणा गरी काष्ठ, गैरकाष्ठ र फलफूलका बिरुवा रोपण गर्ने कार्यक्रम छ । जडीबुटीलगायत वनमा आधारित हरित उद्योग तथा व्यवसायको प्रवद्र्धधन तथा विस्तार गरिनेछ । नदी प्रणाली र जलाधारमा आधारित वन व्यवस्थापन गर्दै माथिल्लो तटीय क्षेत्रमा बायो इञ्जिनियरीङसहितको फलफूल खेती, भावर र भित्री मधेशमा कृषि वन र तराईमा व्यापक वृक्षरोपणसहितको वन विकास कार्यक्रम सञ्चालन गरिने नीति छ । 

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम छ । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य