2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र ओमान विच जुट्यो सहमति, कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने

मनोज पराजुली, बैशाख २०, काठमाडौं । नेपाल र ओमान विच श्रम समझदारीको मस्यौदामा सहमती जुटेको छ । दुबै देशका उच्चस्तरीय श्रम अधिकारीहरु विच बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएको हो ।

मस्यौदाको सहमतीमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव राम प्रसाद घिमिरेले साझा सबाललाई जानकारी दिए। नेपाल र ओमान बिच पहिलो पटक श्रम समझदारी (एमओयु) हुन् लागेको हो। 

अब दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुनेछ सह-सचिव घिमिरेले भने “श्रम सम्झौतामा १ महिना भित्र हस्ताक्षर गर्नेगरि दुई पक्षीय छलफल जारी राखिनेछ, रमजान लगत्तै सम्झौतामा हस्ताक्षर हुनसक्छ।” नेपालले आफ्नो तर्फबाट राख्दै आएको श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहार्ने, कार्यस्थलको सुरक्षा, न्यायमा सहज पहुँच लगायत विषयमा बैठकको अन्तिम समयमा सहमति जुटेको सह सचिव घिमिरेले बताए । 

नेपाली पक्षले श्रमिक संगठन (आईएलओ) को मापदण्डअनुसार श्रमिक भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने, श्रमिकको सुरक्षामा जवाफदेही हुनुपर्ने, न्यूनतम तलब सुविधाको प्रत्याभूति हुनुपर्ने लगायतका विषय उठाउँदै आएको थियो । सोहि अनुरुप शून्य लागत सहित न्युनतम तलब ग्यारेन्टी, बिमा सहितका विषयमा समेत सहमति जुटेको उनले बताए । 

नेपालले हालसम्म कतार, बहराइन, यूएई, जोडन, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायल गरी ८ वटा रोजगार गन्तव्य देशसँग श्रम सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै