2026-09-13 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

रामपुरमा खरको छानोरहित अभियान

सुशीला रेग्मी | वैशाख २१, बेझाड (रासस) | रामपुर नगरपालिका–९ जब्गादी बस्ने शान्ति विकलाई चुहिने खरको छानोमा ओत लाग्नुबाहेक अरु विकल्प छैन । सानो झुप्रो त्यही पनि खरको छानो पानी पर्दा चुहेर घरभित्रै पानीको आहाल पर्छ । चुहिने खरको छानोमुनि बसेर कष्टकर रुपमा छ जना छोराछोरीको साथमा जीवन व्यतीत गर्दै आउनुभएको छ । वर्षायाम शुरु भएपछि उहाँको परिवारमा घर चुहिने समस्याले निकै पिरलो पारिरहेको हुन्थ्यो । रामपुर नगरपालिकाले उहाँलाई जस्तापाता सहयोग गरेपछि परिवारमा खुशीयाली छाएको छ । नगरपालिकाले खरको छानो हटाएर जस्तापाता लगाउन उहाँलाई आठ फुटे २४ वटा जस्तापाता सहयोग गरेपछि विकको मुहारमा खुशी छाएको छ । 

“वर्षायाममा चुहिने खरको छानोभित्र सानासाना बालबच्चा लिएर कष्टसँग जीवन बिताए, अब चुहिने खरका छानामुनि बस्ने दिन गए, जस्तापाता लगाएर वर्षायाममा आनन्दसँग बसोबास गर्ने दिन आए”, उहाँले भन्नुभयो । 

विकको मात्र होइन रामपुर नगरपालिका–१ बार्दाकोट बस्ने सलिना खाम्चाको पनि अवस्था उस्तै छ । उहाँले पनि अहिलेसम्म चुहिने खरको छानामुनि नै रात बिताउनुभयो । खरको छानोको ठाउँमा नगरपालिकाले उहाँलाई आठ फुटे २६  जस्तापाता सहयोग गरेपछि खुशी हुनुभएको छ । 

“घरमा जस्तापाता छाउन सक्ने अवस्था थिएन, चुहिने खरको छानोमुनि नै दिनरात बिताइयो, अब वर्षायाम कसरी जाला ओत कहाँ लाग्ने हो भन्ने पिरलो भएन”, खाम्चाले भन्नुभयो । रामपुर नगरपालिका–९ जब्गादीकै देवबहादुर सोमैले धमाधम खरको छानो हटाएर जस्तापाता लगाउन शुरु गर्नुभएको छ । नगरपालिकाले उहाँलाई आठ फुटे २९ पाता उपलब्ध गराएपछि घर छाउने काम शुरु गुर्नभएको छ ।

उहाँहरु त प्रतिनिधि पात्र हुनुहुन्छ । धेरै विपन्न दलित घरपरिवारमा नगरपालिकाले खरको छानो हटाएर जस्तापाता सहयोग गरेपछि परिवारमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरको छानोरहित नगर घोषणा गर्ने कार्यक्रमअनुसार जस्तापाता सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्ष मात्रै १४८ घरधुरीलाई जस्तापाता वितरण गरिएको थियो ।  

यस आर्थिक वर्षको हालसम्ममा १०० घरधुरीलाई जस्तापाता वितरण गरिसकेको खरको छानारहित कार्यक्रम संयोजक तथा रामपुर नगरपालिका ७ का वडाअध्यक्ष तीर्थप्रसाद पङ्गेनी बताउनुहुन्छ । “अघिल्लो वर्ष र यस वर्ष ५०/५० लाख रकम नगरपालिकाले विनियोजन गरी जस्तापाता वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । स्थानीयले नगरपालिकामा पेश गरेको निवेदनको आधारमा क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ ।

खरको छानोरहित नगर कार्यक्रममा करीब ७५० घरधुरीले आवेदन पेश गरेका छन् । सङ्कलित निवेदनको आधारमा प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ गाउँमा पुगेर अनुगमनपश्चात् प्राविधिक अध्ययन गरी जस्तापाता वितरण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो ।

“मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर, जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप जस्तापाता उपलब्ध गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

अझै पनि यहाँका नगरवासी आर्थिक अभावले खरका छानामुनि बसेर जीविका चलाउँदै आइरहेका छन् । नयाँ संरचना कायम भई नगरपालिकाका जनप्रतिनिधिले शुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन