१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

भाइरल ज्वरोको प्रकोप

२१ बैशाख २०७६, शनिबार ०५:४९

वैशाख २१, मार्तडी (रासस) | बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । 

 मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताउनुभएको छ । रुगिन स्वास्थ्यचौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली प्रभावित क्षेत्रमा गएर ९३ बढीको उपचार गरेको प्रमुख सिंहले बताउनुभयो ।  रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म एक जना स्वास्थ्य सहायक र एकजना अनमी गाउँमै रहने बताइएको छ । 

जिल्लामा रुघाखोकी, झाडापखाला र भाइरल  ज्वरो नै महामारीका रुपमा फैलिने गरेको छ । महामारी नियन्त्रण गर्न  ५०० देखि एक हजार बिरामीका लागि बाजुराका नौवटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ । जिल्लाका सबै स्थानीय तहमा भवन निर्माण गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड