2026-07-11 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

३१ थान भरुवा बन्दुक प्रहरीलाई बुझाइयो

2019-05-04

बैशाख २१, बाजुरा । अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।

पछिल्लो दुई महीनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । 

जिल्लामा गत चैत १ गते सरकारले अवैध हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो । 

सर्वसाधारणले स्वस्फूर्त भरुवा बन्दुक प्रहरी कार्यालय, स्थानीय तहमा राखिएका इलाका प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा बुझाएका हुन् ।

बुझाएकामध्ये २४ थान वैध र सात थान अवैध घरेलु भरुवा बन्दुक रहेका प्रहरी प्रमुख भाटले बताए । उनका अनुसार गौमुलबाट सात थान, धुलाचौर अस्थायी प्रहरी पोष्टबाट पाँच थान, बडिमालिका प्रहरी चौकीबाट तीन थान, जुड्डीबाट एक थान, डोगडी प्रहरी चौकीबाट चार थान, मैरेबाट दुई थान, टाँटेबाट एक थान र स्वामिकात्र्तिकबाट एक थान हतियार सङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित