<p>वैशाख २१, अछाम (रासस) | अछामको सदरमुकाम मङ्गलसैनमा शुक्रबार सम्पन्न दोस्रो मेयरकप भलिवल प्रतियोगिताको उपाधि आयोजक मङ्गलसैन नगरपालिकाले जितेको छ । अन्तिम चरणको खेलमा मेल्लेख गाउँपालिकाको टोलीलाई पराजित गर्दै मङगलसैनले उपाधि चुमेको हो । प्रथम स्थान हासिल गरेको उक्त नगरपालिकाले रू ७० हजार, द्वितीय स्थान प्राप्त मेल्लेख गाउँपालिकाले रू ४० हजार र तृतीय स्थान प्राप्त साँफेबगर नगरपालिकाले रू २५ सहित कप तथा प्रमाणपत्र प्राप्त गरेका थिए । <br></p><p>नगर खेलकूद विकास समितिका अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसैननगरप्रमुख पदमबहादुर बोहराले विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।यही वैशाख १७ गतेबाट शुरु भएको प्रतियोगितामा अछामका आठ स्थानीय तहका नौ भलिबल टोलीले सहभागिता जनाएको मङ्गलसैननगर शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख बृकेश बोगटीले जानकारी दिनुभयो ।</p>
May 4, 2019
अछाम - ACM, समाज
दोस्रो मेयरकपको उपाधि आयोजक मङ्गलसैनलाई
By साझासवाल
2 मिनेट पढाइ










