२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

परम्परागत संस्कृति मासिदै

२२ बैशाख २०७६, आईतवार ०५:४५

वैशाख २२, गलेश्वर (रासस) | धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् ।

प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् ।

बेनी नगरपालिका–२ का ८४ वर्षीय बेदप्रसाद शर्माले भन्नुभयो, “केही वर्षअघिसम्म हरेक विवाह, ब्रतबन्ध, चाडपर्व र उत्सवमा भजन, चुट्का, बालन गाउने, सङ्गिनी नाचलगायतका कलाको रमझम हुन्थ्यो । तर आजभोलि धेरैजसो धार्मिक उत्सव तथा समारोहमा मौलिक संस्कृति पस्किनुको साटो आधुनिक गीत, सङ्गीत र नृत्यको प्रस्तुति गरिन्छ । जसले गर्दा नेपाली मौलिकता र जीवन संस्कृति नै लोप हुँदै गएको छ ।”

आधुनिकताका नाममा भित्रिएका पश्चिमा संस्कृतिको प्रभावले हाम्रो देशका मौलिक कला संस्कृति नै छायाँमा पर्ने मात्र होइन, लोप नै हुने स्थितिमा पुगेका स्थानीय वयोवृद्धले बताएका छन् । भजनकीर्तनमा पौराणिक कथाका पात्रको महिमा तथा चरित्रलाई वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ । पहिलेको समयमा मनोरञ्जनका माध्यम बनेका हाम्रो मौलिकतालाई बोकेका यस्ता भजनकीर्तनको रौनकताले मनमा शान्ति र आनन्द मिल्ने पुरानो पुस्ताको अनुभव छ । धार्मिक तथा सामाजिक परिवेशसँग जोडिएका यी संस्कृतिप्रति नयाँपुस्ता परिचित नहुँदा लोप हुने अवस्थामा पुगेका खबराका भद्रबहादुर कार्कीले बताउनुभयो ।

दुलाहाकी आमा र दिदीबहिनीलाई प्रतिकात्मकरूपमा व्यङ्ग्यको पात्र बनाएर महिला पुरुषको भेष बनाई गाइने रत्यौलीको ठाउँमा हिजोआज हिन्दी र नेपाली चलचित्रका गीत गाइन थालेको छ ।

यसरी परम्परागत संस्कृति र जीवनशैलीमाथि बेवास्ता गर्दा आउँदो पुस्ता नेपाली मौलिकता र सांस्कृतिक तथा परम्परागत जीवन पद्धतिसँग बेखबर रहनुपर्ने अवस्था आउने हो कि भन्नेमा सरोकारवाला चिन्तित छन् ।

सुरक्षा निगरानीका लागि राखिएका सिसी क्यामरा बिग्रिए 

म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षा निगरानीका लागि राखिएका सिसी क्यामरा बिग्रिएका छन् । बजारको सुरक्षाका लागि डेढ वर्षअघि विभिन्न ठाउँमा गरी १६ सिसी क्यामरा जडान गरिएकामा अहिले तीन क्यामराले बाहेक अन्यले काम नगरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अहिले वीरेन्द्रचोक, बालमन्दिरचोक र बेनी नगरपालिका अगाडिको चोकका तीन क्यामरा मात्र सञ्चालनमा छन् । सङ्गमचोक, हुलाकचोक, न्यूरोड–१, न्यूरोड–२, क्याम्पसचोक माथि, क्याम्पसचोक तल, शिक्षामार्ग, पिपलचोक, कालीपुल बसपार्क–१, बसपार्क–२, मङ्गलघाट तल्लो, मङ्गलघाट माथिल्लो र बैंकरोडको सिसी क्यामराले अहिले काम नगरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड