2026-09-13 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश ५ को राजधानी र नामाकरण तोक्ने प्रक्रिया लम्बियो, दाङको पक्षमा ५५३ सुझाव

वैशाख २२, बुटवल | प्रदेश नम्बर ५ को नाम र राजधानी तोक्ने प्रक्रिया थप लम्बिने भएको छ । आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णय गरेको छ । सुझाव संकलन गर्ने विशेष समिति मातहतको उपसमितिले  प्रतिवेदन बुझाएपनि मुल समितिले त्यसलाई अन्तिम रुप दिन नसकेको कारण राजधानी र नामाकरण तोक्ने प्रक्रिया लम्बिने भएको हो ।

अब यसका लागि सचिवालयले विज्ञ समिति गठन गर्ने, थप छलफल र सुझाव लिएपछि मात्रै मुल समितिले प्रतिवेदन तयार गर्ने भएको छ । यदी मूल समितिले आज यो बिषय टुंग्याउन सकेको भए आजै प्रदेश नम्बर ५ को राजधानी हुने स्थान र नामको टुंगो लाग्ने थियो तर आज नभएपछी अब यो प्रक्रिया अर्को हिउँदे अधिवेशनको लागि सरेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन आज अन्त्य हुँदैछ ।

राजधानी कहाँ राख्ने भन्ने बारे सांसदहरुको मतभेद हुने पक्का भएको र राजनीतिक रुपमा समेत तनाब हुने अनुमान लगाई सांसदहरुले थप छलफल र सुझावको आधारमा प्रदेश ५ को नाम र राजधानीको निर्णय लिने बाटो समाएका छन् । अर्को अधिवेशनका लागि यो बिषय सरेपछी प्रदेश नामाकरण र राजधानीबारे निर्णय झन्डै एक बर्ष पछाडी धकेलिने देखिएको छ । 

प्रदेश ५ को नामाकरणको लागि लुम्बिनी नाम राख्ने बिषयमा सांसदहरुको बहुमत भए पनि राजधानी दाङमा कि रुपन्देहीमै राख्ने भन्ने बिषयमा मतभेद देखिएको छ । 

१२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ । सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० पाएको छ । यस आधारलाई हेर्ने हो भने दाङमा राजधानी हुनुपर्ने मत धेरैको छ । 

विशेष समितिको शनिबार बसेको बैठकले सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू सुझावमा आएको जनाएको थियो । जसमा प्रदेश सांसदहरु अधिकांशको मत लुम्बिनी राख्नेमा छ  । राजधानीको बिषयमा भने सांसदहरु खुल्न सकेका छैनन् । 

राजधानीको कारण विवाद आउने देखेर केहिले राजधानी हालकै स्थानमा राखेर दाङ र कपिलवस्तुमा सम्पर्क कार्यालय राख्न सुझाव दिएका छन् । भौतिक पूर्वाधारलाई हेर्दा प्रदेश ५ को राजधानी हालकै रुपन्देही उपयुक्त हुने केहिको तर्क छ । सबैलाई पायक पर्ने हिसावले दाङनै उपयुक्त हुने केहि सांसदहरुको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन