बैशाख २२, काठमाडौं । बैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई एजेन्ट नियुक्त नगर्न निर्देशन दिएको छ । बैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा (२) को संसोधित प्रावधान अनुसार आफ्नो प्रतिनिधि नियुक्ति गर्ने व्यवस्था हटेकोले प्रतिनिधि नियुक्ति नगर्न विभागले निर्देशन दिएको हो ।
साथै विभागले म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीको विवरण तोकिएको ढाँचामा विभाग र श्रम कार्यालय ताहाचलमा उपलब्ध गराउन निर्देशन दिएको छ । सो बिबरण हरेक ६/६ महिनामा अध्यावधिक गर्नुपर्ने विभागले जनाएको छ । कर्मचारीको नाम, ठेगाना, नियुक्ति मिति, नियुक्ति अवधि, सम्पर्क नम्बर सहितको विवरण उल्लेख हुनुपर्ने विभागले जनाएको छ।