बैशाख २३, काठमाण्डौ । नेपाल वैदेशिक रोजगार ब्यबसायी संघले विशेष ब्याबसायी भेला बोलाएको छ । हाल देखिएका विभिन्न एजेन्डाहरुमा बृहत छलफल गरि निर्णय गर्न भन्दै आगामी जेठ ३ गते का लागि विशेष ब्याबसायी भेला बोलाइएको संघले जनाएको छ ।
भेलामार्फत नगद धरौटी रकमको ब्याज पाउने ब्यबस्था गर्न सरकारसंग अनुरोध गर्ने र उचित सुनुवाइ नभए सम्म चरणरबद्ध रुपमा ध्यानाकर्षण तथा बिरोध कार्यक्रम गर्ने संघले जनाएको छ । संघले यस अघि सरकारले बढाएको धरौटी रकको व्याज पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य नेता तथा निकायहरुको ध्यानाकर्षण गराइसकेको छ तर सुनुवाई हुन सकेको छैन । बैंक ग्यारेन्टी एकद्वार प्रणाली मार्फत जाँदा साना र मझौला व्यावसायीलाई राहत पुग्ने देखिएको हुँदा सो विषयमा भेला मार्फत राय लिइ उपयुक्त निर्णय गर्ने संघले जनाएको छ ।

त्यस्तै मर्जर हुने सस्थालाई उपयुक्त सुबिधा दिन सरकारलाई अनुरोध गर्ने संघले जनाएको छ । साथै सरकारले उचित सुबिधा नदिए सम्म चरणबद्ध रुपमा ध्यानाकर्षण कार्यक्रम गर्ने संघले जनाएको छ।
मलेसिया रोजगारी सुचारु गर्ने सम्बन्धी श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयमा सुचिकृत भएका मिडिकल सेन्टर बाट स्वास्थ परीक्षण गर्ने गरि नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्ने विषयमा सरकारको ध्यानाकर्षण गर्ने संघले जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत वर्ष जेठ ३ गते नै मलेसियाको लागि काम गर्दै आएका माइग्राम्स, बायोमेट्रिक मेडिकल, ओएससी, भीएलएन र जीएसजी सेन्टर खारेज गर्ने निर्णय गरेसंगै मलेसियाको रोजगारी बन्द छ । सो पश्च्यात गत कार्त्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी भएको थियो । मलेसियाको कलिङ्ग भिषा लागेका कामदारलाई जान दिने गरि गत महिना मात्रै श्रम मन्त्रीले निर्णय गरेका थिए तर नयाँ कामदार मलेसिया जाने प्रक्रिया भने अझै शुरु हुन सकेको छैन ।
मागपत्र दूतावासद्वार सिफारिस गर्दा केहि दूतावासका केहि कर्मचारीबाट गरिरहेको अनिमियतता बन्द गर्न रोजगारदाता कम्पनीका प्रतिनिधि बारम्बार दूतावास पुग्नुपर्ने हालको ब्यबस्थालाई परिबर्तन गरि सहज र चुस्त तरिकाले अन्लाईन बिधीको प्रयोग गर्न मिल्ने ब्यबस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने संघले जनाएको छ ।
सेवा शुल्क दक्षिण एसिया मुलुकको प्राकटिस अनुसार व्यावहारिक हुनुपर्ने र त्यस सम्बन्धी नीतिगत व्यवस्थापन गर्नको लागि सरकारको ध्यानाकर्षण गराउने संघले जनाएको छ । यसघि संघले पटक पटक लिखित रुपमा नै सेवा शुल्क परिमाजन गर्न सरकारको ध्यानाकर्षण गराई सकेको छ ।
साथै भनिएको तलब ,काम, सेवा सुबिधा पाउदा पाउदै करार अबधि पुरा नगरी फ़र्कने कामदारको संख्या बढी रहेको हुँदा कामदारको दायित्व तोकिनु पर्ने विषयमा पनि संघले आवाज उठाएको छ । हालै मात्र संघले बैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण पाठ्यक्रममा नै यस्ता विषय समेट्न सरकारलाई लिखित रुपमा नै ध्यानाकर्षण गराईसकेको छ ।
संघको स्थगित निर्वाचन मिति तय गर्ने व्यवसायी भेलाबाट सुझाब लिने सघले जनाएको छ । गत चैत २६ गते तोकिएको संघको निर्वाचन संघका अध्यक्ष रोहन गुरूङका घरमा भएको बम बिस्फोटका कारण स्थगन गरिएको थियो ।