2026-07-11 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मायालु डाँडामा अब हरियाली पार्क

2019-05-06

वैशाख २३, गलेश्वर । म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ मा उपलब्ध गराएको रु ३० लाख बजेटबाट म्याग्दीका दुईवटा सामुदायिक वन क्षेत्रका खाली तथा पाखो जग्गामा हरियाली पार्क निर्माण गर्न लागिएको हो । 

हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । त्यसमध्ये बेनी नगरपालिका–२, ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूह र पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । लभ्लीहिल पिपलडाँडा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्दछ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित मायालु डाँडा (लभ्लीहिल) मा निर्माण भइरहेको हरियाली पार्कका लागि यस वर्ष रु १२ लाख बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले बताउनुभयो ।

बदलिँदो वातावरणसँगै शहरी कोलाहलबाट मुक्त हुनका लागि स्वच्छ हावा लिँदै हरियाली दृश्यावलोकन गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको उहाँको भनाइ छ । शहर तथा बजार क्षेत्र वरिपरि रहेका खाली एवं पाखो जग्गा जमीनलाई प्रयोग गरेर हरियाली क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम आएको सहायक वन अधिकृत बल्छौडीले जानकारी दिनुभयो । 

पर्यटकीय क्षेत्र लभ्लीहिलमा हरियाली पार्क निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको छ । हालसम्म लभ्लीहिल क्षेत्रमा हरियाली पार्क निर्माण गर्ने काम ५० प्रतिशत सम्पन्न भैसकेको डिभिजन वन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

हरियाली पार्क निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम लक्ष्यसमेत रहेको जनाइएको छ । पछिल्लो समय खासगरी आन्तरिक पर्यटकको रोजाइमा परेको लभ्लीहिलको विकास र विस्तार एवं थप प्रचारप्रसारका लागि पनि कार्यक्रम सञ्चालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला