२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा ४८ लाखमा विद्यालय भौतिक संरचना बन्दै

२४ बैशाख २०७६, मंगलवार ०६:२५

वैशाख २४, भीमदत्तनगर । चालू आर्थिक वर्षमा कञ्चनपुरको भीमदत्तनगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा भवन संरचना निर्माण थालिएको छ ।

शिक्षा विभागको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका पञ्चकृत बैजनाथ मावि बागफाँटा, सत्यवादी मावि वनगाँउ र भीमदत्त स्मृति आधारभूत विद्यालय खल्लामसेटीमा भवन निर्माण थालिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज भट्टले तीन वटै विद्यालयमा गरी रु ४८ लाखका दुई/दुईकोठे भवन निर्माण भइरहेको जानकारी दिनुभयो । शाखा प्रमुख भट्टले नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालय भवन चालू आवभित्र सक्ने गरी काम भइरहेको बताउनुभयो ।

त्यसैगरी बागफाँटामा रहेको पञ्चकृत बैजनाथ माविको दुईकोठे भवन निर्माणको सोमबार नगरपालिकाका नगरप्रमुख सरेन्द्र विष्टले शिलान्यास गर्नुभएको छ । नगरपालिकाभित्र चालू आवमा तीन विद्यालय छनोट गरी त्यहाँ कम्प्युटर सामग्री वितरण गरिएको शिक्षा शाखाले जनाएको छ ।

कम्प्युटर, ल्यापटपलगायतका सामग्री खरीदका लागि पञ्चकृत बैजानथ मावि, महेश्वर मावि र बैजनाथसिद्धनाथ माविलाई रु साढे छ लाखका दरले रकम विनियोजन गरिएको छ । भट्टका अनुसार नगरपालिकाका चार सामुदायिक स्कूलमा यस वर्ष पुस्तकालयसमेत निर्माण भइरहेका छन् । सत्यवादी मावि वनगाउँ, सरस्वती मावि उल्टाखाम, जनसेवा मावि हल्दुखाल र त्रिभुवन मावि तिलाचौरमा पुस्तकालय बनाउने काम भइरहेको भट्टको भनाइ छ ।

“शैक्षिक सुधार र सामुदायिक विद्यालयको स्तर बढाउन नगरपालिकाको बजेटबाट पनि धेरै पहल भएका छन्”, शिक्षा शाखा प्रमुख भट्टले भन्नुभयो, “स्थानीयस्तरमा पनि वडा कार्यालयहरू बजेट नै विनियोजन गरेर शिक्षा क्षेत्रको विकासमा लागेका छन् ।”

त्यसैगरी यहाँको भृकुटी मावि, लक्ष्मी मावि र बैजनाथ माविमा विज्ञान प्रयोगशाला बनिरहेका छन् । जसका लागि प्रतिविज्ञान प्रयोगशाला रु साढे छ लाख नै रकम आएको छ । नगरपालिकाको आफ्नो बजेट विशेष शिक्षा कक्षा चलेका विद्यालयमा छात्राबास व्यवस्थापनका लागि पनि रकम खर्चेको छ । नगरपालिकामा ५५ सामुदायिक वन र ७० निजी विद्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो