बैशाख २४, पोखरा–पोखरामा हेलिएअर कम्पनीको अल्ट्रालाइट अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । २ जना सवार अल्ट्रालाइट मंगलबार २ बजेर १५ मिनेटमा पोखरा विमानस्थलको पूर्वी धावनमार्गबाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
दिउँसो १ बजेर ४५ मिनेट जाँदा उडान भरेको अल्ट्रालाइटमा चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।
दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।
अल्ट्रालाइटका दुई वटै पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए । उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ । ती सबै दुर्घटना एभिया क्लबले उडाउँदै आएको अल्ट्रालाइट थियो ।