2026-09-13 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा घरविहीनलाई पक्कीघर बन्दै

वैशाख  २५, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी गरीबलाई लक्षित गरी नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्कीघरमा बस्न पाउने भएका हुन् ।  

जनता आवास कार्यक्रमअन्तर्गत आज बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७५÷७६ भित्र ३६ घर निर्माण गरिने नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो ।

 नगरपालिकाले पहिलो चरणमा वडा नं– ६, ८ र १२ मा पक्कीघर बनाउने काम थालेको छ । वडा कार्यालयले सिफारिस गरेका सुकुुम्वासी, भूमिहीन र गरीबका लागि पक्कीघर निर्माणको काम थालिएको प्रमुख कार्कीको भनाइ छ ।

अव्यवस्थित बस्ती, भूमिहीन, घर नभएका र पराले झुप्रोमा गुजारा गर्दै आएका गरीबलाई यस कार्यक्रममा छनोट गरिएको छ । पहिलो प्राथमिकतामा मुसहरका लागि घर निर्माण हुने नगरपालिका कार्यालयले जनाएको छ । निमार्ण हुने घरको नमूना शहरी विकास मन्त्रालयबाट सिफारिस भएअनुसार भूकम्प प्रतिरोधी हुने नगरपालिकाका प्रमुख इञ्जिनीयर टेकबहादुर कटुवालले जानकारी दिनुभयो । 

चार कोठे यि घरमा शौचालय, सडक, विद्युत् र खानेपानीको सुविधासमेत रहने कटुवालको भनाइ छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत तराई–मधेश समृिद्ध कार्यक्रम र नगरपालिकाको संयुक्त बजेटमा करीब रु तीन करोडको लागतमा पहिलोचरणका ३६ घरको काम थालिएको हो । एक तले  भूकम्पप्रतिरोधी घर निमार्ण गर्न एक घरमा रु सात लाख ५० हजार लाग्ने प्रमुख इञ्जिनीयर कटुवालले जानकारी दिनुभयो । 

यसबाहेक नगरपालिकाले फुसका घरकोे छानो फेर्ने कार्यक्रमसमेत अघि सारेको छ । गरीब विपन्न जनताको घरमा खर, परालले छाएको घरलाई स्तरोन्नति गरिने नगरप्रमुख कार्कीको भनाइ छ । यसका लागि एक घरमा रु ५०  हजार बजेट छुट्याइएको छ । पहिलोचरणमा यस कार्यक्रममा ८० वटा घरको छानो फेरिने नगरपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन