2026-10-15 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकियो

बैशाख २६, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा पाचौँ अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकिएको छ । वैकल्पिक स्रोत र प्रविधिको बिकास गर्ने मुख्य उद्देश्यले बुधवार र विहीवार  दुई दिनसम्म वीरेन्द्रनगरमा सम्मेलन आयोजना गरिएको हो । अन्तराष्ट्रिय विज्ञान सामुदायिक संगठन र एमयूको सह–आयोजनामा भएको उक्त सम्मेलन विहीवार विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको सभा हलमा सम्पन्न भएको हो ।

विज्ञान, प्रविधि, कृषि, पर्यावरण, सामाजिक लगायतका विभिन्न विधामा ४० वर्षमुनीका उत्कृष्ठ वैज्ञानिक छनौट भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस वनस्पती विषयका उप–प्राध्यापक शिवराज घिमिरेले जानकारी दिए । सम्मेलनको पहिलो दिन बुधवार चार वटा मुख्य पत्रहरु प्रस्तुतीकरण, प्रस्ताव लेखन, वैज्ञानिक अनुसन्धान प्रकाशन, विज्ञान अनुसन्धानमा तथ्याङ्क शास्त्र भुमिका लगायतको विषयमा छलफल तथा प्रस्तुत भएको उप–प्राध्यापक घिमिरेले बताए ।

पहिलो बुधवार पाँच वटा सेसन भएको थियो भने, जसमा दुई वटा प्लेनरी प्रस्तुती, दुई वटा निमन्त्रणा प्रस्तुती र पोष्टर प्रतिष्पर्धाको प्रस्तुतीकरण भएको उनको भनाई छ । युवा वैज्ञानिक प्रतिष्पर्धाबाट विभिन्न विधाका कार्यपत्रको निर्णायक समितिले मूल्याङ्कन गरी विभिन्न विधामा प्रमाण पत्र तथा मेडल प्राप्त गरेका छन् । सम्मेलनका लागि कुल ९५ वटा प्रस्तुतीहरु पठाएकोमा ७० को हाराहारीमा सहभागिता जनाएका थिए । जसमा २३ वटा मौखिक प्रस्तुती भएका थिए ।

सम्मेलनमा अमेरिका, बंगलादेश, भारत, नेपाल, नाइजेरिया लगायतका पाँच देशका वैज्ञानीकहरुको सहभागिता रहेको थियो । सम्मेलनको समापन समारोहमा सहभागिलाई प्रमाण पत्र वितरण गर्नुका साथै विदेशी विश्वविद्यालयबाट नेतृत्व गरी आएका सहभागिलाई मायाको चिनो प्रदान गरिएको छ । सम्मेलनको समापनमा विश्वविद्यालयका अनुसन्धान शाखाका निर्देशक प्राध्यापक डा. दिपबहादुर रावलले विश्वविद्यालय प्राज्ञिक क्षेत्र भएको हँुदा यसको विकासका निम्ति विभिन्न खोज तथा अनुसन्धानमा प्राध्यापक तथा विद्यार्थीहरु लागि पर्नुपर्ने बताए ।

विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाईले नेपालमा कमैमात्रा हुने अन्तराष्ट्रिय सम्मेलनहरु पहिलो पटक कर्णालीमा हुनुु भनेको गौरवको विषय बनेको उल्लेख गरे । यस्ता सम्मेलनले यहाँको विद्यार्थी तथा प्राध्यापकहरुलाई थप खोज अनुसन्धानमा लाग्ने हौसला प्रदान गरेको बताए । सम्मेलनमा संयोजक प्राध्यापक डा. दिपक शर्मा (भारत) बंगलादेश कृषि विश्वविद्यालय डा.अजहरुल इस्लामको समहागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता