२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लागुऔषधसहित दुई युवक पक्राउ, छुरा प्रहार गरेको आरोपमा दुई पक्राउ

२०७६, २७ बैशाख शुक्रबार ०५:५०

 वैशाख २७, लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।

 पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बसबिसौनी नजिकैबाट लागुऔषधसहित लहान नगरपालिका–१९ निवासी २० वर्षीय अशोककुमार यादवलाई पक्राउ गरेको हो ।

 यादवको साथबाट नाइट्रोजेपाम १६ ट्याब्लेट बरामद भएको प्रहरीको भनाइ छ । यस्तै प्रहरीले सिरहाका विभिन्न स्थानबाट करीब रु डेढ लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ । भन्सार छलेर अवैध रुपमा ल्याएको विभिन्न किसिमका कपडासहित बीआर३२जे ०२२७ नंको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद सबै सामान कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ । 

छुरा प्रहार गरेको आरोपमा दुई पक्राउ 

काम विशेषले सिरहाको लहान आएका धनुषाका एक युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले लहानका दुई युवालाई पक्राउ गरेको छ । लहान नगरपालिका–७ स्थित शिवचोक नजिकै धनुषाको जनकपुर उपमहानगरपालिका–२१ निवासी २१ वर्षीय राजुकुमार साहमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–८ निवासी २० वर्षीय राजु पासवान र १९ वर्षीय दिपेस यादवलाई पक्राउ गरेको हो ।

 पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लहानमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ